म्याग्दीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

  • ३० जेष्ठ २०७८, आईतवार
  • 706 पटक पढिएको

म्याग्दी, २९ जेठ । म्याग्दीमा आईतवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा १ जना ,जलजला गाउँपालिका १ जना गरी ६ जनामा पिसिआर विधिबाट र रघुगंगा गाउँपालिकामा ८ जना , अन्नपुर्ण गाउँपालिकामा ४ जना गरी १२ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार २५७ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । पिसिआरबाट १ हजार ५८४ जना र एन्टिजेनबाट ६७३ जनामा संक्रमण पुष्टि भएको हो र जिल्लामा २०८ जना सक्रिय संक्रमित हुनुहुन्छ । आज १४ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। अहिले सम्ममा अब ११ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ।