दुई दिनभित्र मनसुन देशभर फैलिने

  • ३० जेष्ठ २०७८, आईतवार
  • 834 पटक पढिएको

आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू–भागहरुमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदर भन्दा कम वर्षा हुने आंकलन विभागले गरेको छ । मनसुन सुरुवातसँगै यो वर्ष बाढी पहिरोको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ । समयमा नै सतर्कता अपाउन आवश्यक रहेको विभागले बताएको छ ।