म्याग्दीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि

  • २९ जेष्ठ २०७८, शनिबार
  • 1148 पटक पढिएको

बेनी, २९ जेठ । म्याग्दीमा शनिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १३ जना र एन्टीजेन विधिबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बेनी नगरपालिकामा ७ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा १ जना, मंगलामा ३ जना, मालिकामा १ जना र जलजलामा १ जना गरी १३ जनामा संक्रमित पुष्टि भएको छ। त्यस्तै एन्टीजेन विधिबाट बेनी नगरपालिकामा ३ जना, रघुगंगामा ३ जना, अन्नर्पुणमा २६ जना, मालिकामा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २ हजार २३९ जना पुगेको छ । पिसिआरबाट १ हजार ५७८ जना र एन्टिजेनबाट ६६१ कोरोना संक्रमित पुष्टि भएका छन् । विहिबार ५८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म १५ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ।