कृषकलाई माछाका भुरा वितरण

  • ३१ जेष्ठ २०७८, सोमबार
  • 1199 पटक पढिएको

म्याग्दी, ३१ जेठ । अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक कार्यक्रम अन्तरगत २२ जना कृषकहरुलाई २५ हजार भुरा वितरण गरेको हो ।

ब्यवसायिक रुपमा माछा गर्दै आएका कृषकलाई गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले माछाको भुरा वितरण गरेका थिए । भुरा वितरण गर्दै गाउँपालिका अध्यक्ष गर्बुजा पुनले कृषकलाई व्यवसायीक माछापालन विस्तार र आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास ब्यक्त गरेक ।

पोखराबाट ग्रास कार्प र कमन कार्प दुई जातका माछाका भुरा ल्याएर गाउँपालिकाका कृषकहरुलाई वितरण गरिएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ति क्षत्रीले बताए।