म्याग्दी समाचार
‘रणबहादुर खत्री अक्षयकोष’बाट बालगृहमा खाद्यान्न सहयोग
- 4 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७७, शुक्रबार
म्याग्दी, १३ चैत । रघुगंगा गाउँपालिका–२ भगवतीका दिवंगत रणबहादुर खत्रीकाे स्मृतिमा उहाँका घर परिवारले स्थापना गरेकाे रणबहादुर खत्री अक्षयकोषबाट म्याग्दी बालगृहमा खाद्यान्न सहयोग गरिएकाे छ । खत्रीको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट नेपाल बाल संगठनबाट संचालित म्याग्दी बालगृहमा बस्ने बालबालिकाहरुको लागि खत्री परिवारले १४ हजार रुपैयाको खाद्यान्न सामाग्री सहयोग गरेका हुन्... पुरा पढ्नुहोस
‘बेनीको बजार…’ का सर्जक श्रेष्ठको निधन
- 4 बर्ष, 9 महिना अगाडि
- १३ चैत्र २०७७, शुक्रबार
म्याग्दी १३ चैत । ‘बेनीको बजार, जता माया उतै छ नजर...’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लोकगीतमार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गरेका श्रेष्ठको बिहीबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो । टिकाबहादुरका आफन्तसमेत रहेका नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले... पुरा पढ्नुहोस
ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुँदै, क्षमा पुजा गरि जिर्ण मन्दिर भत्काउन सुरु
- 4 बर्ष, 9 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
कमल खत्री म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । भगवती कोत... पुरा पढ्नुहोस
मापदण्ड पुरा नगर्ने नीजी स्वास्थ्य संस्थालाई कारबाही गर्ने कार्यपालिकाको निर्णय
- 4 बर्ष, 9 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
बेनी, १२ चैत । बेनी नगरपालिकाको वडानम्वर ७ र ८ मा स्वास्थ्य मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकरण गर्ने र मापदण्ड पुरा नगर्ने संस्थालाई स्प्ष्टिकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने ६६ औँ कार्यपालिकाको... पुरा पढ्नुहोस
मोना यूएईबाट दुई पत्रकार सम्मानित
- 4 बर्ष, 9 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
म्याग्दी, १२ चैत । म्याग्दी प्रवासी संघ (मोना) युएईले म्याग्दीका दुई क्रियाशिल पत्रकार कमल खत्री र धिरन खत्रीलाई सम्मान गरेको छ। बेनीस्थित मोनाको मुख्य कार्यालयमा उपस्थित मोना युएईका अध्यक्ष सुवास राम्जाली मगरले पत्रकारद्धय खत्रीलाई जनही नगद पाँच हजार ५५५ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । सञ्चार माध्यममा रहेर विश्वमा रहेका... पुरा पढ्नुहोस
चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण
- 4 बर्ष, 9 महिना अगाडि
- १२ चैत्र २०७७, बिहीबार
म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोनाको जोखिम बढेको भन्दै साबधानी अपनाउन अनुरोध
- 4 बर्ष, 9 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
म्याग्दी ११ चैत । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो समय पुनःकोरोना संक्रमणको जोखिम बढेको भन्दै साबधानी अपनाउन सवैमा अनुरोध गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको वैठकले छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना संक्रमण बढेकाले थप सचेत हुन आवश्यक सर्तकता अपनाउन सर्वसाधरणहरुमा अनुरोध गरिएको हो । कोरोनाको जोखिम... पुरा पढ्नुहोस
क्षयरोग दिवस : म्याग्दीमा २४ जना क्षयरोगका विरामी
- 4 बर्ष, 9 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
म्याग्दी ११ चैत । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जनामा उपचार पछि निको भएका छन् । गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । ... पुरा पढ्नुहोस
प्रतिबन्ध हटेपछि विप्लब नेतृत्वको नेकपाकाे पहिलो खुला कार्यक्रम बावियाचौरमा
- 4 बर्ष, 9 महिना अगाडि
- ११ चैत्र २०७७, बुधबार
म्याग्दी ११ चैत । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध हटेपछि पहिलो पटक म्याग्दीमा खुला कार्यक्रम मंगलवार सम्पन्न भएको छ । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन युवा संगठन नेपालको जिल्ला भेला सम्पन्न गरिएको हो । भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा... पुरा पढ्नुहोस
मंगलाघाटबाट लागुऔषध सहित एक युवा पक्राउ
- 4 बर्ष, 9 महिना अगाडि
- १० चैत्र २०७७, मंगलवार
म्याग्दी, १० चैत ।म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटबाट एक जना युवा लागुऔषध सहित पक्राउ परेका छन् । रघुगंगा गाउँपालिका–६ कोटगाउँ घर भई मंगलाघाटमा कोठा भाडामा लिएर बस्दै आएका २१ बर्षिय युवा साजन शेरपुञ्जालाई २९७ थान लागुऔषध सहित पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=qh4Ulw7O0T4 उहाँका अनुसार,... पुरा पढ्नुहोस