म्याग्दीलाई बजेटमा प्राथमिकता दिन मुख्यमन्त्री नेपालीलाई गर्बुजाको अनुरोध

  • ३१ जेष्ठ २०७८, सोमबार
  • 967 पटक पढिएको

म्याग्दी ३० जेठ । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लाई भेटेर भेटेर बधाई दिदैं आगामी बजेटमा म्याग्दी जिल्लालाई प्राथमिकतामा राखिदिन अनुरोध गरेका छन्। सोमबार मुख्यमन्त्री नेपालीलाई भेट्दै सभापति गबुर्जाले बाढीपहिरोको उच्च जोखिममा रहेको म्याग्दीमा अनुदान सहितका कार्यक्रमहरु तथा विकास निर्माण सहित शिक्षा, स्वास्थ्य, विपन्नको जिवनस्तर उकास्ने कार्यक्रमहरुमा म्याग्दीमा ध्यान दिन अनुरोध गरेको जिल्ला सदस्य ओम छन्त्यालले जानकारी दिए ।

‘मुख्यमन्त्री ब्यस्त हुनुहुन्छ,‘म्याग्दीका बारेमा जानकारी छ,‘मैले सक्ने गर्छु भन्नुभएको छ’ सभापति गर्बूजाले भने । उनले प्रदेश सरकारबाट पुराना योजनालसँगै कोरोना रोकथाममा बजेटले प्राथमिकता पाउने अवस्था देखिएको अवस्थामा पनि म्याग्दीको आवश्यकतालाई ध्यान दिन समेत अनुरोध गरेको बताए । सोही अवसरमा कांग्रेसले कोरोना संक्रमण घटेसँगै सरकारले लकडाउन खुल्ला गरेपछि मुख्यमन्त्री नेपाली सहितको टोलीलाई जिल्लामा आवश्यक थप योजना सहित जानकारी गराउने जनाइएको छ ।