म्याग्दीमा लकडाउनलाई लुजडाउन गरिदै

  • ३१ जेष्ठ २०७८, सोमबार
  • 1572 पटक पढिएको

बेनी, ३१ जेठ । म्याग्दीमा जारी लकडाउनलाई असार १ गतेदेखि लुजडाउन गरिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोक्न अतिआवश्यक सेवाहरुमा खुकुलो बनाउदै लकडाउनलाई निरन्तरता दिएको प्रशासनले जानकारी दिएको छ । जिल्लामा बैकँ, वित्तिय संस्था तथा सहकारीहरु असार १ गतेदेखि ७ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म स्वास्थ्य मापदण्डको पुर्ण परिपालना गरी सेवा दिन आग्रह गरेको छ ।

खाद्यान्न, कृषि औजार, मल, विउविजन, स्थानीय उत्पादित तरकारी, दुध, डेरीजन्य उत्पादन, हार्डवयर, पुस्तक तथा स्टेशनरी पसलहरु ५ बजेदखि ११ बजेसम्म स्वास्थ्य सामाग्री प्रयोग गरेर खुलाउने निणर्य गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । औषधी पसलहरु नियमित रुपमा खुल्ने छन् । सरकारी कामकाज लागि सरकारी सवारीसाधनहरु बाहेक सार्वजनिक वा नीजि सवारीसाधनहरु संचालन गर्न पाईने छैन् ।

जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला, भिडभाड, जुलुस र महोत्सव नगन आग्रह गरेको छ। कोरोना महामारीलाई रोकथाम गर्न म्याग्दीमा गत बैशाख २२ गतेदेखि सुरु गरिएको लकडाउनलाई निरन्तरता दिदै पाँचौ लकडाउन थप गरिएको छ।