बैँक, वित्तिय संस्था तथा सहकारीहरु विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने
- ३१ जेष्ठ २०७८, सोमबार
- 1822 पटक पढिएको
म्याग्दी, ३१ जेठ । जिल्लामा जारीे लकडाउनको समयमा बैँक, वित्तिय संस्था तथा सहकारीहरु असार १ गतेदेखि ७ गतेसम्म विहान ८ बजेदेखि १२ बजेसम्म खुल्ने भएका छन् ।

सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनको समयमा बैँक, वित्तिय संस्था तथा सहकारीहरु विहान ८ बजेदेखि १२ बजेसम्म स्वास्थ्य मापदण्डको पुणर् परिपालन गरेर सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
खाद्यान्न, कृषि औजार, मल, विउविजन, स्थानीय उत्पादित तरकारी, दुध, डेरीजन्य उत्पादन, हार्डवयर, पुस्तक तथा स्टेशनरी पसलहरु ५ बजेदखि ११ बजेसम्म स्वास्थ्य सामाग्री प्रयोग गरेर खुलाउने निणर्य गरिएको प्रजिअ गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । औषधी पसलहरु नियमित रुपमा खुल्ने छन् । सरकारी कामकाज लागि सरकारी सवारीसाधनहरु बाहेक सार्वजनिक वा नीजि सवारीसाधनहरु संचालन गर्न पाईने छैन् ।
जिल्लामा सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला, भिडभाड, जुलुस र महोत्सव नगर्न आग्रह गरेको छ।