ताजा अपडेट

महामारीको बिच आत्मनिर्भरताको बाटोमा लागौँ

दिनेशजंग कटुवाल वैशाख १५ । महामारीको रूपमा फैलिदै गएको कोरिना भाइरस (कोभिड –१९) विरुद्ध सारा बिश्व जगतका मुलुकहरू लडिरहेको स्थिती छ । सम्पुर्ण पृथ्वीवासी मानव जातिहरु भय र त्रासले बाच्न बाध्य छन् । विकसित देखि अति विकसित भनिने मुलुकहरुमा लाखौं मानिसहरू मा संक्रमित भएको छ भने हजारौंको संख्यामा मृत्यु भैसकेको... पुरा पढ्नुहोस

नेपालमा १२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

वैशाख १३ । नेपालमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् । यसअघि शुक्रबार धौलागिरी अस्पतालबाट १९ वर्षिया... पुरा पढ्नुहोस

पात्लेखेतको नेपाने धैरेनी सडकको ट्याक निर्माण

बेनी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको नेपाने धैरेनीमा सडक निर्माण भएको छ । कोरोना (भाइरस) रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी)का बावजुद पनि पात्लेखेतको नेपाने धैरेनीका बासिन्दाहरुले स्थानीय स्तरमा जनशक्ति र उपकरण परिचालन गरेर सडक निर्माण गरेका हुन् । वैशाख ५ गते सुरु भएको सडक निर्माणको काम वैशाख १२... पुरा पढ्नुहोस

युवा व्यवासायी श्रेष्ठद्धारा जन्मदिनमा राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

म्याग्दी, १३ वैशाख । म्याग्दीका एक युवा व्यवासायीले आफ्नो जन्मदिनको अवसरमा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर केन्द्रलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । बेनी नगरपालिका–७ संगमचोकमा भाँडा पसल सञ्चालन गर्दै आउनुभएका... पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

म्याग्दी १२ बैशाख । कोभिड–१९ (कोरोना) भाइरसको जोखिमका बेला कार्यक्षेत्रमा सक्रिय रहेका धवलागिरी क्षेत्रका पत्रकारलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा र मुस्ताङका पत्रकारका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको हो । समितिका उपाध्यक्ष शान्ति गुरुङ, महासचिव... पुरा पढ्नुहोस

म्याग्दीमा विभिन्न शहरबाट आएका एक सय भन्दा बढीलाई क्वारेन्टिनमा राखियो

बेनी, १२ वैशाख । राजधानी काठमाडौ लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएका एक सय जना भन्दा बढी सर्वसाधारणलाई क्वारेन्टिन (एकान्तबास)मा राखिएको छ । कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट म्याग्दीको निर्णय अनुसार उनिहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा पठाइएको हो । कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण सहरी क्षेत्रमा फसेकाहरु... पुरा पढ्नुहोस

दानामा महिला सहकारीद्धारा खाद्यान्न राहत वितरण

गंगा पुन दाना, १२ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानामा रहेका सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार साढे नौ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको खाद्यान्न राहत वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)का कारण सर्वसाधारणलाई परेको समस्या समाधानका लागि चामल,... पुरा पढ्नुहोस

गाउँ ,स्थानीय तह र कोभिड १९ ले उब्जाएको प्रश्नहरु !

तारामिलन छन्त्याल १२ वैशाख । गाउँको आफ्नै सभ्यता छ । गाउँ मानब जातिको बासस्थान मात्र होईन आदिम इतिहास हो । गाउँले आटोढिडो, खोले, फाडो मात्रै उब्जाएको छैन् गाउँले आदिम सभ्यता बचाएर राखेको छ । गाउँलेको भाषा स्वार्थी हुदैन् । आत्मियता र प्रेम पनि कपटी हुदैन । हिजो गाउलेहरुको छाक टार्ने... पुरा पढ्नुहोस

मञ्चको परिकल्पना दिवसको अवसरमा ट्राफिक प्रहरीलाई मञ्चद्वारा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

अमिर रामदाम चितवन, १० वैशाख । पुर्ख्यौली थलो धौलागिरी अञ्चल क्षेत्र भित्र पर्ने विभिन्न भूभागबाट बसाई सराई गरि हाल चितवन जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण विश्वकर्मा समुदायलाई एकआपसमा परिचय गराउने, सम्पर्क बढाउने, भाइचाराको सम्बन्ध स्थापित गर्ने र दलित आन्दोलनको शिखर पुरूष स्वर्गीय भगत सर्वजित विश्वकर्माको इतिहासलाई खोज, अध्ययन, प्रवर्द्धन... पुरा पढ्नुहोस

रुकुम चौरजहारी जान गोरखादेखि म्याग्दी आएका मजदुरलाई यसरी भयो उद्धार (भिडियो सहित)

https://www.youtube.com/watch?v=odZKOmoCSac   म्याग्दी १० वैशाख । गोरखामा मजदुरी गर्ने रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ९ जना मजदुरहरुको बेनीबाट उद्धार भएको छ । पैदलै घर जाने निचोडले गोरखाबाट पोखरा, कुस्मा हुँदै बेनी आएका मजदुरहरुलाई प्रशासन, पत्रकार, उद्योग बाणिज्य संघ र मजदुर संगठनको पहलमा उनीहरुलाई बेनीबाट बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पु¥याउने गरि उद्धार... पुरा पढ्नुहोस