ताजा अपडेट

श्रमदानबाट गुर्जामा आन्तरिक मोटरबाटो खन्दै

म्याग्दी, १० साउन । धौलागिरि गाउँपालिका–१ गुर्जामा फुसर्दको समयमा स्थानियले जनश्रमदानबाट आन्तरिक रुपमा संचालन हुने मोटरबाटो खन्दै छन् । आन्तरिक रुपमा आवश्यक सेवाका लागि फुर्सदको समयलाई सदुपयोग गर्दै दुईसय घरधुरी रहेको गुर्जाबासी मिलेर करिव १० दिनको श्रमदानबाट आन्तरिक मोटरबाटो खन्न लागिएको वडानम्वर १ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताए ।... पुरा पढ्नुहोस

राखु भगवतीस्थित कटुवालटोल पहिरोको जोखिममा

म्याग्दी, १० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीस्थित कटुवालटोल बस्ती पहिरो जोखिममा परेको छ । करिव ५० घरधुरीको बसोबास रहेको कटुवाल र हटिया गाउँलाई असर गर्दै खानपानीस्थितको जमिन चक्नाचक्ना पर्ने र पहिरो बगेपछि बस्ती जोखिममा परेको हो । अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा, दिनदिनै बस्तीमुनी जमिन... पुरा पढ्नुहोस

म्याग्दीमा बेपत्ता ५ जना अझैँ भेटिएका छैनन्

म्याग्दी, ९ साउन । अविरल बर्षासंगै असार २५ गते आएको बाढी पहिरोले म्याग्दीमा ठुलो जनधनको क्षेति भएको छ । जिल्लाको धौलागिरि, मालिका र रघुगंगा अन्नपुर्ण गाउँपालिका गरेर २९ जना ब्यक्तिहरुको निधन भएको छ । भने ५ जना अझै बेपत्ता अवस्थामा रहेका छन् । असार २५ गते अविरल बर्षासंगै आएको बाढी... पुरा पढ्नुहोस

मर्मतपछि ताकममा विधुत सुचारु

म्याग्दी, ९ साउन । जिल्लाको धौलागिरि गाउँपालिका– ताकममा पहिराको कारण अवरुद्ध भएको विद्यूत सेवा स्थानीय युवाहरुको सक्रियतामा मर्मत गरी विद्युत सुचारु भएको छ। असार २५ गते बर्षासंगै बाढी र पहिरोले फेदी खण्डमा तार र पोल बगाएपछि विद्युत सेवा अवरुद्ध भएका थियो । ताकमका युवा जीवन भण्डारीको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण... पुरा पढ्नुहोस

नेपाली काग्रेस म्याग्दीले पहिरोबाट प्रभावितलाई साढे १० लाखको राहत सहयोग

म्याग्दी, ९ साउन । नेपाली काग्रेस म्याग्दीले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा साढे १० लाख रुपैयाँको राहत वितरण गरेको छ । काग्रेसले धौवलागिरी र मालिका गाउँपालिकाका बाढी र पहिरोबाट प्रभावित परिवारलाई सो रकमको राहत वितरण गरेको हो । शुक्रबार नेपाली काग्रेसको पाटी कार्यालयमा भएको पत्रकार सम्मेलनमा पाटी सभापति खमबहादुर गुर्वजाले... पुरा पढ्नुहोस

जनार्दन शर्मा पार्टी एकताकै पक्षमा

 काठमाडौं, ८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) को बचाउ गरेको छ । प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई... पुरा पढ्नुहोस

कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुग्यो

  म्याग्दी, ८ साउन । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि भएकोसंख्या १८ हजार २४१ पुगेको छ । यस्तै बितेको २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८४० पुगेको छ । हाल देशमा... पुरा पढ्नुहोस

पाटी मजबुत बनाउन पुष्पलालको सिद्धान्त लागु गर्नुपर्छ

म्याग्दी, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई एकताबद्ध गरि सुदृढ र मजबुत बनाउन कार्यकताले ब्यक्ति होईन पाटीको सिद्धान्त कार्यान्वयनमा जोड  दिन  आग्रह गरेका छन् । नेकपा संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा पाटी कार्यालयमा भएको कार्यक्तममा ब्यक्ति भन्दापनि पाटीको सिद्धान्त कार्यान्वयनमा कार्यकता लाग्नुपर्नेमा नेताहरुले जोड... पुरा पढ्नुहोस

भुरुङतातोपानीमा पहिरोमा परेर एक जनाको मृत्यु

म्याग्दी, ६ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा माथिबाट आएको पहिरोसंगै ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ । सोही गाउँपालिका वडानम्वर ३ काभे्रका ३२ बर्षिय झलक पुनको पहिरोमा परेर निधन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । विदेशबाट आएर क्वारेन्टाईन बसेर घर फर्किएका पुनलाई घर जाने क्रममा... पुरा पढ्नुहोस

३ जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी, ६ साउन । म्याग्दीमा मंगलबार थप तीन जनामा कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । विदेशबाट आएर बेनी स्थित क्वारेन्टिनमा बसेकाहरुको साउन ३ गते संकलन गरिएको स्वाब नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार बेनी नगरपालिकाकाका... पुरा पढ्नुहोस