जापानमा रहेका युवाद्धारा ज्ञानोदय माविलाई सहयोग

  • २३ आश्विन २०७७, शुक्रबार
  • 1467 पटक पढिएको

म्याग्दी २३ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बालिनडाँडा घर भइ जापानमा रहनुभएका एक युवाले ज्ञानोदय माध्यमिक विद्यालयलाई सहयोग गर्नुभएका छ । स्थानीय युवा अश्विन भण्डारीले १५ थान प्लाष्टिक कुर्चि विद्यालयलाई सहयोग गर्नुभएको हो ।


शुक्रवार भण्डारीका बुबा लेठबहादुर र आमा विष्णु भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारानाथ शर्मा, प्रधानध्यापक परशुराम गौडेललाई   सामाग्री  हस्तान्तरण गर्नुभएको थियो । भण्डारीले विद्यालयलाई रु १७ हजार ४ सय बराबरको सामाग्री सहयोग गर्नुभएको विद्यालयले जनाएको छ ।

सो अवसरमा वडा सदस्य प्रेमनाथ शर्मा, विद्यालयका अध्यक्ष शर्मा, प्रअ गौडेल, पूर्व अध्यक्ष अर्जुन सुवेदी लगायतले सहयोगदाता भण्डारीको परिवारलाई सम्मान समेत गर्नुभएको थियो ।