देविस्थानबाट उपचारको लागि पोखरा गएकी महिलामा कोरोना संक्रमण पुष्टि

  • २३ आश्विन २०७७, शुक्रबार
  • 1306 पटक पढिएको

म्याग्दी २३ असोज । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानबाट उपचारको लागि पोखरा पुग्नुभएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ३५ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमिक्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

असोज १५ गते पोखरा पुग्नुभएकी ती महिला उपचारको क्रममा विभिन्न अस्पतालमा पुगेको खुलेको छ । उहाँको घर परिवारमा समेत कन्ट्याक्ट टे«सिङको काम समेत सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म म्याग्दीमा बाहिरबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएकोमा पहिलो पटक जिल्लाबाट बाहिर गएको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

म्याग्दीमा हालसम्म ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० जना निको भएर घर फर्किसक्नुभएको छ ।