उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए

  • २५ आश्विन २०७७, आईतवार
  • 723 पटक पढिएको

म्याग्दी, २५ असोज । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। देशभर ७६ जना भेन्टिलेटरमा छन् ।

बितेको २४ घण्टामा देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतकमा ५ महिलासहित १७ पुरुष रहेका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६३६ पुगेको मन्त्रालयले जनाएको छ ।