ताजा अपडेट

कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा... पुरा पढ्नुहोस

नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको सख्ंया ४ हजार नाघ्यो

काठमाडौं २७ जेठ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । [caption id="attachment_44883" align="alignnone" width="1024"] CoronavirusFAQOpener[/caption] मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण , संक्रमितको संख्या तीन पुग्यो

म्याग्दी २७ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा रहनुभएका बेनी नगरपालिका– ३ का ४९ बर्षिय पुरुषको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । गत जेठ १६ गते नेपाल–भारत सिमानाकाबाट आएर... पुरा पढ्नुहोस

चिमखोले डोको संरक्षणको लागि डिभिजन वन कार्यालय मार्फत स्थानीयलाई उद्यमशिलता तालिम

म्याग्दी २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मौलिक पेशाको रुपमा रहेको ‘चिमखोले डोको’ बुन्ने पेशाको संरक्षणको लागि स्थानीयलाई तालिम दिईएको छ । डिभिजन वन कार्यालय म्याग्दीले सामुदायिक वनमा उद्यमशिलता अभिबृद्धि कार्यक्रम अन्र्तगत चिमखोलाका २० जनालाई बाँस तथा निगालोमा आधारित डोको, डाली, मुडा लगायतका सामाग्री बनाउने तालिम दिएको कार्यालयका निमित्त... पुरा पढ्नुहोस

एकैदिन३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

काठमाडौं २६ जेठ । नेपालमा सोमबार थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस व्रिफिङमा बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा... पुरा पढ्नुहोस

म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

म्याग्दी २६ जेठ । म्याग्दीका पहिलो कोरोना भाइरस संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । भारतबाट आएका मालिका गाउँपालिका–४ का ३० बर्षिय युवामा गत जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गराइरहेका उहाँमा एक सातापछि गरिएको पीसीआर परिक्षणपछि पनि रिपोर्ट... पुरा पढ्नुहोस

दलित युवा सञ्जालको अध्यक्षमा किसान विश्वकर्मा

म्याग्दी २५ जेठ । म्याग्दीमा दलितहरु माथि हुने विभेदको न्युनिकरण गर्न तथा दलित आन्दोलनलाई शसत्त रुपमा सञ्चालन गर्न का लागि दलित युवा सञ्जाल पुर्नगठन गरिएको छ ।   किसान विश्वकर्माको संयोजकत्वमा गठित समीतीको सदस्यमा भोजबहादुर थापा किसान, कुमार किसान, विरेन्द्र साहि किसान, मिना किसान, राजकुमार परियार, याम विश्वकर्मा, अमित विश्वकर्मा,... पुरा पढ्नुहोस

आइतवार थप २१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं २५ जेठ । आइतवार नेपालमा थप २१३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतवारको आइतबारको नियमिति प्रेस ब्रिफिङमा सो जानकारी गराएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २०९ जना पु्रुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए । हालसम्म देशभर... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा ३८ नयाँ संक्रमित थपिए, म्याग्दीको २८ जनाको रिपोर्ट नेगेटिभ

म्याग्दी २५ जेठ । आईतवार विहानै गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ । आइतबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जामा १४, बागलुङ १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४... पुरा पढ्नुहोस

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमितो संख्या ३२३५ पुग्यो

काठमाडौं २४ जेठ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्ंया १३ पुगेको छ भने शनिवार मात्रै थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको जानकारी दिए । उनले शनिबार थप ३२ जना... पुरा पढ्नुहोस