फिचर

खयर भारानीमा भक्तजनको घुइँचो (फोटो फिचर)

वेनी २७ साउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका - ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनै पूर्णिमाको अवसरमा शुक्रवार पुजा आजा र भाकल पूरा गर्नका लागि पुगेका भक्तजन को घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।... पुरा पढ्नुहोस

९७ वर्षीय खड्गबहादुर थापा भन्छन् : रोगले छोएन, दुःखले छोडेन

  म्याग्दी २५ साउन, गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बनेका भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा । उमेरले ९७औं वसन्त पार गरे पनि उनले जीवनमा कहिल्यै पनि सुख प्राप्त गर्न सकेनन् । स्वस्थ शरीर र फरासिलो अनुहार भएपनि... पुरा पढ्नुहोस

‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकको चहलपहल

  म्याग्दी, १४ साउन । पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणले ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको लभ्ली हिल भ्यू टावर होटलका संचालक मानकाजी... पुरा पढ्नुहोस

साउने सोमबार : गलेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड

बेनी, २ साउन । साउन महिनाको पहिलो सोमबार विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । बेनी नगरपालिका– ९ मा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, बागलुङ, पर्वत लगायत क्षेत्रका भक्तजनहरुको भिड लागेको हो । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास... पुरा पढ्नुहोस

मगर संघ म्याग्दीद्वारा जनप्रतिनिधिलाई सम्मान

म्याग्दी, १ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगर... पुरा पढ्नुहोस

वार्षिक पुण्य तिथिको अवसरमा बालबालिकालाई शैक्षिक पोशाक वितरण

  बेनी, १३ असार । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना आधारभुत विद्यालयमा अध्ययनरत १३ विद्यार्थीलाई रू १० हजार बराबरको पोशाक वितरण गर्नुभएको थियो । आइतबार... पुरा पढ्नुहोस

आहा ! औल गाउँ (फोटो कथा)

बेनी, ११ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा– ७ मा अवस्थित औल गाउँ । यस गाउँमा व्यावसायिक सुन्तला र केरा खेती हुने गरेको छ । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा मगर समुदायको पुख्योली मादले मारुनी नाच लगायतका कला र संस्कृति समेत आकर्षणको रुपमा रहेका छन् । यस गाउँमा धान, मकै,... पुरा पढ्नुहोस

विश्व वातावरण दिवस : विकासका नाममा विनाश

म्याग्दी, २२ जेठ । म्याग्दीमा मानवीय लापर्वाही र प्राकृतिक प्रकोपका कारण वातावरणीय असन्तुलनका कारण जोखिम बढ्दै गएको छ। जनप्रतिनिधि र जनता दुबैका नजरमा विकास भनेर सडक नै प्राथमिकतामा परेपछि जिल्लाका ग्रामीण क्षेत्रमा वातावरण क्षयीकरण हुनेक्रम बढ्दै गएको छ। विकासका नाउँमा डोजर, स्काभेटर लगायतका मेसिन गाउँतिर उक्लिएपछि ग्रामीण क्षेत्रको वातावरण खलबलिएको... पुरा पढ्नुहोस

बेनीमा बाल संजाल परिचालन सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १९ जेठ । सामाजिक विकास कार्यालयको आयोजनामा बेनीमा बाल संजाल परिचालन सम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला बाल संजाल म्याग्दी उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता र सचिव विक्की सुवेदीको संचालनमा भएको अन्तरक्रिया कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले बालबालिकाको क्षमता विकास र भविष्यमा रोजगारी सुरक्षित... पुरा पढ्नुहोस

म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी ३० वैशाख । म्याग्दीका ६ वटै स्थानीय तहमा रहका सवै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । स्थानीय तहको निर्वाचनका लागि आज शुक्रबार मतदान हुँदै छ । जिल्लामा रहेका ७४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा विहान ७ बजेबाट नै मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस