मगर संघ म्याग्दीद्वारा जनप्रतिनिधिलाई सम्मान

  • १ श्रावण २०७९, आईतवार
  • 597 पटक पढिएको

म्याग्दी, १ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगर ,धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुन ,मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुन ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष भरत पुन र उपाध्यक्ष दिवा पुन ,रघुगंगा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, तीन जिल्ला समन्वय समिति सदस्य ,२७ वटा वडा अध्यक्ष सहित एक सय १८ जना मगर जनप्रतिनिधिलाई सम्मान गरिएको मगर संघ जिल्ला समन्वय समितिका सचिव खम थापा मगरले जानकारी दिए ।


यसैगरी सोही अवसरमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना ,सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा , शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर तथा मिस एसईई–२०२२ विजेता लिया पुनलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख थापाले मगर समुदायको पुख्र्यौली कला संस्कृतीको संरक्षण र भाषाको जगेर्ना गर्न स्थानीय तहले जोड दिनुपर्ने बताए । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा ,अन्नपुर्ण गाउँपालिका अध्यक्ष भरत पुन ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,रघुगंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनकुमार शेरपुजा जनप्रतिनिधिहरुले मगर समुदायको कला ,संस्कृतीको संरक्षण ,जगेर्ना र प्रवद्र्धन संगै क्षमता विकासको लागि आफुहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा र मगर संघ म्याग्दीका पुर्व अध्यक्ष मनप्रसाद थजाली लगायतले मन्तब्य राखेको कार्यक्रमका संचालन सचिव खम थापा र सहसचिव हिरा पुन तथा स्वागत मन्तव्य उपाध्यक्ष लोकेश पुनले राखेका थिए ।