साउने सोमबार : गलेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड

  • २ श्रावण २०७९, सोमबार
  • धिरन खत्री
  • 783 पटक पढिएको

बेनी, २ साउन । साउन महिनाको पहिलो सोमबार विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । बेनी नगरपालिका– ९ मा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, बागलुङ, पर्वत लगायत क्षेत्रका भक्तजनहरुको भिड लागेको हो ।

साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास रहेको छ । गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने महिला तथा युवायुवतीको संख्या बढी छ । साउन महिनामा शिवालय मन्दिरमा गङ्गाजल र बेलपत्रले पुजा गरेमा भगवान शिव खुशी भई मनोकांषा पुरा गरिदिने जनविश्वास रहेको कारण साउन महिनाभरी गलेश्वरमा श्रद्धालुको घुइँचो लाग्ने गर्छ ।


कालीगण्डकी नदीको किनारमा ९ रोपनी चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा शिवको पुजा गर्न आउने भक्तजनलाई ब्यवस्थित रुपमा पुजा गराउन गलेश्वर क्षेत्र विकास कोष, प्रहरी, गलेश्वर आमा समुह, लगायतले स्वयमसेवकको भूमिका निर्वाह गरेको छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l