फिचर
अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)
- 2 बर्ष, 11 महिना अगाडि
- ३० पुष २०७९, शनिबार
बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ । https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस
कृषि उपज पदर्शनी (तस्बिर)
- 2 बर्ष, 11 महिना अगाडि
- २९ पुष २०७९, शुक्रबार
बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
मुदीका प्रेमबहादुर घर्तिमगरको संघर्ष ‘ ६ दशकदेखि घुम्तीगोठमा गाईभैँसी पालन’
- 2 बर्ष, 11 महिना अगाडि
- २५ पुष २०७९, सोमबार
म्याग्दी २७ पुस । धवलागिरि गाउँपालिका–४ मुदीका प्रेमबहादुर घर्तिमगर उमेरले ७४ बर्ष पार गर्नुभयो । उमेरले बुढ्यौली लागेपनी उहाँको दैनिकी भने घुम्ती गोठमै वित्ने गरेको छ । पुख्र्यौली रुपमा गरिँदै आएको घुम्ती गोठ राखेर गाईभैँसी पालन गर्ने पेसालाई घर्तिमगरको परिवारले निरन्तरता दिएका छन् । ६ बहिनी छोरी र २ भाई... पुरा पढ्नुहोस
रघुगंगामा तुण्डी पावरका दुई जलविद्युत आयोजनाको काम धमाधम
- 2 बर्ष, 11 महिना अगाडि
- २४ पुष २०७९, आईतवार
कमल खत्री बेनी २४ पुस : म्याग्दीको रघुगंगा गाउँपालिकामा तुण्डी पावर कम्पनीले निर्माण सुरु गरेका दुई जलविद्युत आयोजनाको कामले तिब्रता पाएको छ । रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुईनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोहि जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा... पुरा पढ्नुहोस
राहुघाट जलविद्युतको ६० प्रतिशत सुरुङ निर्माण सकियो (फोटो फिचर)
- 2 बर्ष, 11 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
कमल खत्री बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका बिच अन्यौलग्रस्त बनेको आयोजनामा पछिल्लो समय ठेकेदार कम्पनीले जनशक्ति, मेसिन उपकरण र स्रोत साधन परिचालनमा क्षमता बढाएपछि आयोजनाले गति लिएको हो । प्राधिकरणको सहायक... पुरा पढ्नुहोस
कालीगण्डकी नदीको साँघु तर्दै बृद्धा (तस्बिर)
- 2 बर्ष, 11 महिना अगाडि
- २२ पुष २०७९, शुक्रबार
बेनी २२ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तातोपानी कुण्डमा स्नान गरि कालीगण्डकी नदीमा अस्थायी साँघु तरेर भुरुङ तातोपानी आउँदै गनुर््भएकी बृद्धा । यहाँ झोलुङ्गे पुलको अभाबमा अस्थायी साँघुमा वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
उर्जा गाउँ नारच्याङमा अझै लोकप्रिय ‘पानी घट्ट’ (तस्बिर सहित)
- 2 बर्ष, 11 महिना अगाडि
- २१ पुष २०७९, बिहीबार
कमल खत्री बेनी, २१ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४, नारच्याङको बेंसी गाउँकी चित्रमायाँ पुर्जालाई विहानदेखि बेलुकीसम्म पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँको शिरबाट बग्ने नारच्याङ झरनाको पानीलाई उपयोग गरि पुर्जाको परिवारले पानी घट्ट सञ्चालनमा ल्याएका छन् । कुटानी पिसानीका लागि गाउँमा विद्युतबाट सञ्चालन हुने मिलपनि छन्, तर पानी घट्टमा पिसेको... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाईयो
- 2 बर्ष, 11 महिना अगाडि
- १८ पुष २०७९, सोमबार
बेनी, १८ पुस । म्याग्दी बहुमुखी क्याम्पसले ३२ औँ वार्षिकोत्सव तथा २१ औँ क्याम्पस सभा विविध कार्यक्रम गरी मनाईएको छ । आईतबार क्याम्पसमा भएको ३२ औँ बार्षिकोत्सव कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजा (खम्वीर) ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले म्याग्दीको शैक्षिक विकास र उन्नतीमा... पुरा पढ्नुहोस
बेनी नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
- 2 बर्ष, 11 महिना अगाडि
- १७ पुष २०७९, आईतवार
म्याग्दी, १७ पुस । बेनी नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। खुल्लामञ्चमा आईतबारदेखि संचालन भएको राष्ट्रप्रति रनिङ्गशिल्ड प्रतियोगितामा नगरभित्रका २५ विद्यालय सहभागितामा रहेको छ । नगरप्रमुख सुरज केसीको अध्यक्षतामा सुरुको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । १९ गतेसम्म संचालन हुने... पुरा पढ्नुहोस
बेनीमा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाउन सुरु (तस्बिर/भिडियो)
- 2 बर्ष, 11 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
म्याग्दी १५ पुस । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको... पुरा पढ्नुहोस