कालीगण्डकी नदीमा ¥याफ्टिङ सरर….. (तस्बिर सहित)

  • २ माघ २०७९, सोमबार
  • 561 पटक पढिएको

बेनी, २ माघ : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएको छ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा लक्षित गरि सञ्चालित ¥याफ्टिङमा जलयात्राको रोमाञ्चक यात्रा गर्नेहरु बढेका छन् ।

कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले नियमित ¥याफ्टिङ सञ्चालन गरेको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो ।