पुख्र्यौली नृत्य प्रतियोगितामा काफलडाँडाको समूह बिजयी

  • २ माघ २०७९, सोमबार
  • 521 पटक पढिएको

म्याग्दी २ माघ । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् । सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् ।

प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो भएका छन् । प्रतियोगितामा प्रथम र दृतीय हुनेले क्रमश नगद रु. २५ हजार र १५ हजार पुरस्कार पाएका छन् । प्रतियोगितामा रघुगंगाबाट पुख्र्यौली नृत्य र क्षेत्री समाज म्याग्दीले समेत आफ्नो पुरानो नृत्य देखाएका थिए ।


पुष २८ गतेदेखि शुरु भएको महोत्सवमा सोमबार कलाकार खड्ग गर्बुजाको प्रस्तुति विशेष आकर्षणको रुपमा रहेको थियो भने अन्य कलाकारहरले समेत आफ्नो साँगेतिक प्रस्तुती राखेका थिए ।