ताजा अपडेट

बाल विवाहको शृङ्खला रोक्नै मुस्किल, धवलागिरीमा एकपछि अर्को बाल विवाह !

कमल खत्री बेनी, २५ मङ्सिर । धवलागिरि गाउँपालिका–१ गुर्जाका २५ बर्षिय एक युवा र वडा नम्बर २ लुलाङकी १९ बर्षिय किशोरीबिच मंसिर अन्तिम साता विवाहको तयारी भयो । वैदेशिक रोजगारिबाट विवाहको लागि घर आएका विश्वकर्मा थरका ति युवा र किशोरीका आफन्त समेत उनीहरुको विवाहको चाँजोपाँजो मिलाउन लागे ।जब विवाहको लागि... पुरा पढ्नुहोस

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा पुन : केसी चयन

म्याग्दी २५ मंसिर । म्याग्दीको धार्मिक स्थल गलेश्वर शिवालय क्षेत्र बिकास कोषको अध्यक्षमा पुनः रुद्रबहादुर केसी चयन भएका छन् । छैटौँ अधिबेशन तथा चौधौ कार्यकारी सभाबाट समितिको उपाध्यक्षमा भिमनाथ पराजुली, सविच माधवप्रसाद रेग्मी र कोषाध्यक्षमा बमबहादुर पुन चयन भएका छन । कोषको सञ्चालक समितिका सदस्यहरुमा पूर्ण बानियाँ,अम्मर बहादुर बस्नेत,हिराबहादुर बरुवाल,... पुरा पढ्नुहोस

गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुइकरोड भन्दा बढी संकलन

म्याग्दी २५ मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी किनारमा जारी गौमहोत्सवको पाँचौ दिनसम्म सवा दुईकरोड रुपैयाँ भन्दा वढी आर्थिक सकलन भएको छ । महोत्सवको पाँचौ दिन मात्रै ५१ लाख ८० हजार ८ सय ८ रुपैयाँ सकंलन भएको हो । सचिवालयले दिएको जानकारी अनुसार महोत्सवको पाँचौ दिन... पुरा पढ्नुहोस

मानव अधिकार समिक्षा : अधिकार सँगै संस्कृति पनि जोडिन्छ : सांसद के.सी.

म्याग्दी २४ मंसिर । मानवअधिकारको कुरा गर्दै गर्दा संस्कृति पनि सँगै जोडिएर आउने भएकोले अधिकार सँगै संस्कृतिलाई नि संरक्षण गर्नु पर्ने गण्डकी प्रदेशका सांसद विनोद के.सी.ले बताउनु भएको छ । उक्त कुरा म्याग्दी निर्वाचन क्षेत्र क का सांसद केसीले अनौपचारीक क्षेत्र सेव केन्द्र(इन्सेक) म्याग्दीको अयोजनामा भएको मानवअधिकार समिक्षा तथा अन्तरक्रिया... पुरा पढ्नुहोस

१३ औं साग पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाल विजयी

काठमाडौँ २४ मंसीर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा फाईनलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको हो । नेपालका तर्फबाट ५३ औं मिनेटमा सुनिल बलले गोल गरेका थिए । त्यसअघि नेपालकै अभिषेक रिजालले १६ औं... पुरा पढ्नुहोस

सिमा अतिक्रमणको बिरोधमा शान्ति समाजको धर्ना

बेनी, २४ मंसिर । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले सिमा अतिक्रमणको बिरोधमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् ।  अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाली भूभागमाथि भारतीय अतिक्रमणको बिरोधमा दिउँसो ११ देखि ११.३० बजेसम्म धर्ना बसेका हुन् । भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर... पुरा पढ्नुहोस

पुर्ब मन्त्री थापाको पहलमा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण

समीर रोका मगर म्याग्दी २४ मंसिर । म्याग्दिको बेनि नगरपालिका १० का सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीहरुलाई सोमबार शैक्षिक साम्रगी सहित झोला बितरण गरिएको छ । दिपक माध्यमिक बिधालय पात्लेखेत र बिद्योदय माध्यमिक बिधालय वाखेतका प्राथमिक तहमा अध्ययन गर्ने गरिब, बिपन्न अपाङ्ग र जेहन्दार १०२ जना बिद्यार्थीहरुलाई कापी, पेन्सिल ,किट्बक्स ,... पुरा पढ्नुहोस

विप्लव बागलुङका सेक्रेटरी कुँवर फेरि अदालतबाटै पक्राउ

मंसिर, २३ बागलुङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन्। राज्यविरुद्धको अपराध गरेको आरोपमा गत असोज ७ गते पक्राउ परेका जिल्ला सेक्रेटरी कुँवरलाई बागलुङ जिल्ला अदालतले १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बागलुङ कारागारमा... पुरा पढ्नुहोस

क्यानभासकि निर्मला

  बलात्कृत भएर नङ्गगाइएकी श्रीहीन,कान्तिहीन ऊ आज क्यानभासमा रङ्गिन भेटिई। आफ्नै बलात्कृत रगतले पोतिएर। हाम्री बलात्कृत देबी संगै ।। म उसलाई हेरिरहेँ दया देखाएर। उसका सपनाहरु उसकै कालो केश जस्तै रङ्गहीन र काला भएका थिए। उसका श्रीकृष्णहरु भैरब बनेर उसैका रगत पिइरहेका थिए । ऊ मानबता,भात्तृत्व र विश्वासलाई चुनौती दिइरहेकी... पुरा पढ्नुहोस

गौमहोत्सवमा आर्थिक सहयोग गर्नेको लर्को, विभिन्न स्थानीय तहबाट ५८ लाख भन्दा वढीको प्रतिबद्धता

मंसिर २२ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा जारी गौमहोत्सवको चौथो दिन जलजला गाउँपालिका र विभिन्न वडा कार्यालयबाट गौशालाको पूर्वाधार विकासमा ५८ लाख पचास हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) ले गौशालामा भौतिक पूर्वाधार... पुरा पढ्नुहोस