थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

  • ८ जेष्ठ २०७७, बिहीबार
  • 975 पटक पढिएको

 

काठमाण्डौ, ८ जेठ। झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।

यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ४५३ पुगेको छ । भने ४९ जना निको भएर घर फर्किएका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ ।