बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना

  • ७ जेष्ठ २०७७, बुधबार
  • 1951 पटक पढिएको

कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिक कैयाँै दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले त्यसैत आप्mनो देश र घर सम्झने गर्दाहुन् । यो माहामारिमा विछट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र ! उनीहरूका पिडाको कथा विस्तारै सुनाउलान् नै । पहिलेपनि गाउँमा लाहुरेहरूले दोस्रो विश्वयुद्धको कथा सुनाउथ्ये । श्वास विस्तारै फेरेर सुनिन्थ्यो । नेपालीहरूले रोजीरोटीको लागि विदेशमा भोगेको पिडा आप्mनो देशमा फर्केर सुनाउने दिनको अन्त्य कहिले होला ?
धेरैले अनेक कुरा सम्झना, कल्पना गरे होलान् । जव मेरो वडामा राहत वितरणको दृश्य देखे, मैले झल्यास्स २०५२ सालभन्दा अगाडिको गाउँको परिवेश सम्झे । २५ बर्ष अगाडिको । खाडिमा लाम लाग्नका लागि घरैपिच्छे तीन चारवटा राहदानी बन्न थालेको यहीसालमा राज्यको नीतिगत परिमार्जनको कारणले हो । १० बर्षे जनयुद्धको सुरुवात भएको पनि यही सालमा हो । यद्यपी बैदेशिक रोजगारको ईतिहास उत्खनन् गर्दा बृटिस उपनिवेशमा पुग्नुपर्ने हुन्छ । यस्तो रोजगारको सकारात्मक पक्षपनि छन् ।
सम्झेको परिवेश यस्तो थियो ; मेरो गाउँमा दुईप्रकारका अन्न बेच्नका लागि जम्मा हुन्थ्यो । कुनै परिवारको बर्षभरी खान पुगेर उव्रिएको (सर्पलस) अन्न र अर्को समाजको अन्न । मकै, गहुँ, कोदो, जौँ, धान आदि जम्मा हुन्थ्यो । कोदो धेरै बर्षसम्म पनि जस्ताकोतस्तै रहन्छ । उव्राउने परिवारले कोदो बर्षौसम्म पनि राख्थे ।
कसरी जम्मा हुन्थ्यो समाजको नाममा अन्न ? गाउँमा विभिन्न संस्कारहरू हुन्छन् । जस्तै, क्रियाकर्म, छेवार, पुत्बराई (पुत्रबधाइ), विवाह इत्यादी । यी संस्कारमा परम्परागत् नाँच सिंगारु नाच्ने चलन अनिवार्य थियो । उक्त नाँचमा गाउँका सबैले एकमाना अन्न, दुईचार रुपीयाँ पैसा सिंगारुलाई चढाउने गर्दथ्ये । यसलाई “दान दिने” भनिन्थ्यो । उक्त अन्न र पैसा समाजको (मगरहरूको परम्परागत अनौपचारिक संस्था) नाममा संकलन हुन्थ्यो । तिहारमा देउसी खेलेर पनि जम्मा हुन्थ्यो । संकल भएको अन्न र पैसा निश्चित व्यक्तिलाई जिम्मा दिएर राख्ने गर्दथ्ये । पैसा सामाजिक काममा खर्च गर्दथ्ये । जस्तै सामुहिक पुजागर्दा समाजको नाममा जम्मा भएको पैसाले राँगा, बोका, भेडाको साँढ, कुखुरा आदि किन्ने गर्दथ्ये । नपुगेको पैसा प्रत्यक परिवारले उठाउनु पथ्र्यो । वर्षमा एकपटक सिद्ध, भुमे पुजा, पञ्चबली हुन्थ्यो ।
जम्मा भएका अन्न धेरै घरधुरीलाई खाद्यसंकट परेको अवस्थामा निकालिन्थ्यो जसलाई “समाजको भकारी फोड्ने” भनिन्थ्यो । आवश्यकता भएको परिवारले किन्नु पथ्र्यो या ब्याजमा लैजानु पथ्र्यो । कथम कुनै वर्ष अनिकाल नपरेको खण्डमा त्यो रहिरहन्थ्यो । अतिआवश्यक परेकाले परिवारले बार्षिक लैजाने गर्दथ्ये ।


अन्न उव्राउने परिवार धेरै हुँदैनथ्ये । पाँच, छ घर भएपनि गाउँमा खाद्यसंकटलाई धान्थ्यो । टाढा बेसागर्न (किन्न) जानु पर्दैनथ्यो । खाद्यसंकट भएको अवस्थामा पालो गरेर व्यक्तिको भकारी फोड्ने चलन थियो । समाजमा नेतृत्व गर्ने व्यक्तिको पहलमा भकारि फोड्ने गर्दथ्ये । अनिकालमा बजारबाट चामल लैजानु पर्दैनथ्यो । खाद्यसंकत टार्ने अति राम्रो परम्परागत अभ्यास थियो । गाउँमै खाद्य व्यवस्था हुन्थ्यो ।  कृषीको स्वरुप निर्भाहमुखि थियो । अझैपनि छ । अथवा बजारमुखि थिएन । र, कपिय घरधुरीको निर्वाहमुखी कृषी भएपनि अन्न उव्रिएर बस्थ्यो । सबैको सानोतिनो खेतबारी थियो । त्यसलाई कज्याउने युवाशक्ति गाउँमै थिए । प्रायः खाद्यसंकट पर्दैनथ्यो । खेतबारीका कुनाकाप्चि सबैमा लहलह अन्नबालीले झपक्क छोपिन्थे । पशु चौपायपनि प्रसस्त थिए ।


अनि अहिले ? अहिले कथामात्रै बाँकी छ । पहिले कज्याएका खेतबारी झपक्क जंगलले छोपेका छन् । भु—उपयोग साँघुरो भएको छ । उब्जनी गर्ने युवाहरू विदेशमा छन् । बसाँईसराई तिब्र छ । स्थानीय खाद्यान्न, कोदो, मकै, जाैँ गहुँ, धान, बजारे चामलले विस्थापित गरिदिएको छ । मोटरबाटो पुगेसंगै तरकारी भारतबाट गाउँगाउँ पुग्ने छन् । लगाएको अन्नबाली जंगली जनावरको सजिलो आहारा हुन्छ । खेति लगाउनेले च्याख् मरेर छोडिरहेका छन् । कसैको घरमा उव्रिएको अन्न हुँदैन । नत समाजको नाममा हुन्छ ।

परम्परागत संस्कृति शहर पसिसकेका छन् । गाउँमा प्रत्यक्ष देख्न पाइन्न । फेसबुक, युटुवको ट्रेन्डीङमा छन् । यी प्रविद्यि विकास गर्ने थोरै मालिकहरूले पूँजी केन्द्रिकरण गरेका छन् । सबै अदृश्य बजारको तिखा नङग्रासहितको पंञ्जामा छन् । संस्कृति विकाउ माल बनाइएका छन् । समाजसंग जिवन्त गाँसिएका संस्कृति दिउँसै बत्तीबालेर खोजेपनि नपाइने अवस्थामा छन्, गाउँमा । नाँच्ने, गाउने, हाँस्ने, फोट खिच्ने सबका सब बजारका लागि । पहिले जस्तै स्वतस्फुर्त समाजको भलाइको लागि भनेर सिँगारु नाचिन्न, रोधी बसिन्न, दोहोरी, यानीमाया गाइन्न । सबै छन् । तर बजारले निर्देशित अवस्थामा छन् । केवल व्यक्तिगत लाभको लागि । पूँजीवाद्ले विकाउमाल नबनाएको के होला र ?
किन सम्झे ? यदी ०५२ साल अघिको अवस्था भए मेरो वडामा राहत वितरण अति सजिलो हँुदो हो । समाजले निर्णय गरेर अन्न वितरण गथ्र्यो । वा व्यक्तिको अन्न भकारी फोेडेर स्थानीय नीकायले किनेर वितरण गथ्र्यो । पोषिलो अन्न खादा हुन् । अन्य प्रकारको विपद्मा पनि खाद्य वितरण गर्न सजिलो हुँन्थ्यो ।

यसो साेच्छु ! मोटरबाटो विग्रेको अवस्थामा विप्द परेको भए बजारबाट खाद्यान्न पुरयाउन कति दिन लाग्दो हो ? भोकाएका जनता, बालबालीका, बृद्धाबाट प्रतिनिधीले नानाथरी गाली खानु पथ्र्यो होला ? धन्न हो ! बाटो नविग्रिएको अवस्थामा यो विपद् परयो । अझ अषाढ् श्रावणसम्म अवस्था यस्तै रहयो भने गर्ने के ? गाउँमा पहिले जस्तै न समाजको अन्न छ, न कुनै परिवारको उव्रिएको अन्न ? पैसा भएको र खाद्यान्न नभएको अवस्था आइपरे होला के ? भोकमरी पनि विपद्नै त हो । कतै यसको चक्रव्यूहमा फस्ने खतरा त छैन ?
कल्पना गर्छु, युवाहरूलाई आमरुपमा बिदेश नपठाएको र कृषीलाई बजारमुखि बनाएर उकासेको भए अहिले अधिकाँश स्थानीय तह खाद्यान्नमा आत्मनिर्भर हुने थिए । समुदायका परम्परागत सामाजिक संस्था र संस्कृतिहरू जिवन्त हुने थिए । अझ बलिया र दिगो हुने थिए । यो माहामारिमा बजारबाट चामल लिएर राहत वितरण गर्ने अवस्था नहुँदो हो । कति गाउँपालिका राहत वितरण गर्नुपरेन त्यो आँकडा अहिले छैन । विस्तारै आउला पनि ।

कोभिड–१९ले विश्वलाई हायलकायल बनाएको छ । विश्वको अर्थतन्त्रमा ध्वँस मच्चाएको छ । नेपाल राज्यले जोगी पारामा दुईहात फैलाएर माग्दै आएका दाताहरूनै “आफँै त महादेव उत्तानो पर, कस्ले देला वर” भएका छन् । चन्द्रमामा वा अन्य ग्रहमा बस्ति बसेको छैन । नत्र हाम्रा शासकहरू माग्नलाई त्यहाँ जादा हुन् । रोजगारका लागि युवाहरूलाइ त्यहाँ पठाउने नीति बनाउदा हुन् । अहिलेलाई धर्तिमा माग्ने ठाउँ छैन । आखिर जोगी संस्कृति न हो नमाग्लान भन्न कहाँ सकिन्छ । वर्तमान समयको चर्चित लेखक तथा इतिहासकार नोभल योहा हारारीले कोभिड्माथि विजय प्राप्त गर्ने दुईवटा तर्क पेश गरेकाछन्ः क) हामीसंग विज्ञान र ख) बुद्धिमत्ता छ । त्यसकारण कोभिड हार्छ । कति मान्छे मरेर जित्ने हो थाहा छैन । औषधीको विकास नहुँदासम्म लडाँइ जारिनै रहने भयो । बैज्ञानिकहरूको लडाँइ जारी छ ।

सबैलाई ज्ञात् छ विपद्ले सामाजिक, आर्थिक, राजनीति उथलपुथल पारेर जान्छ । त्यसलाई पुनस्र्थापना वा पुननिर्माण गर्नुपर्ने हुन्छ । यो सबैभन्दा ठुलो चुनौति हो । भनिन्छ हरेक विपद्ले नयाँ अवसर दिन्छ । अवसरलाई चिन्ने, योजना बनाउने र उपयोग गर्ने राज्यले नीति बनाउनु पर्दछ । विदेशबाट उर्जाशिल युवाशक्ति फर्कने छन् भन्ने सर्वत्र आँकलन गरिएको छ । कति प्रतिशत फर्कन्छन् पछिको कुरा भयो । बैदेशिक रोजगार पहिले जस्तै नहुने पक्का भयो । खाडि देशहरू तेल बेचेर धनी भएका हुन् । तेलको मुल्य नराम्री खस्केको छ । त्यहाँ लगानी गर्ने विभिन्न देशका कम्पनिहरू नराम्ररी प्रभावित भएका छन् । र, कोभिडको सामना गरिहेका छन् । त्यसकारण फर्कने निश्चित छ ।
भुकम्पले चौँधो जिल्लामा घर ध्वँस्त पारयो । पुननिर्माण गर्न बैदेशिक रोजगारले ठूलो राहत दियो । अव अवस्था त्यस्तो रहेन । घर जस्ताकोतस्तै छ । तर कृषीे ध्वँस्त भएको लामो समय भयो । ग्रामिण कृषीमा विपद्नै आयो । यसलाई पुननिर्माण गर्ने अवसर हुनसक्छ, कोभिड–१९ । किनभने धेरैको अनुमान छ की युवाहरू गाउँ फर्केर कृषीकर्ममा लाग्नेछन् ।

सुनेको भन्दा देखेको सत्य । पर्खौ र हेरौँ । कल्पना गरौँ न ! हामीले गाउँमा बजारबाट किनेर खाने चामल उत्पादन नहुने महाविपद् आयो भने अवस्था कस्तो होला ? मानौँ भारतमा कुनै विपद्का कारण धान उत्पादनमा ठुलो ह्रास आयो भने के गर्ने ? नआउला भन्न कसरी सकिन्छ ? अषाढ् श्रावणसम्म कोरोनाको महामारी रहयो भने तराईमा धान लगाउने अवस्था रहदैन । छिमेकी भारतमा पनि अवस्था त्यही भयो भने ? त्यसैत जलबायु परिवर्तनले भारतका कयौँ राज्यका खेत सुख्खा भएका समाचार पढिन्छ, जहाँको चामलमा हामी निर्भर छौँ ।
आशा गराँै ! यदी हुलकाहुल यूवाहरू गाउँफर्के भने जंगल र झाडीले छोपेका खेतबारिलाई पुनःखेतियोग्य बनाउलान् । गुजारामुखि कृषी पक्कै लाग्ने छैनन् । त्यस्तो कृषी प्रणालीले युवाको बढ्दो चाहना पुरा गरेको थिएन, र त विदेशिन वाध्य थिए ।

आफैले नगरे पनि बिदेशमा बजारमुखि कृषी देखेका छन् र गर्ने छन् । अन्न उव्राएर राख्ने छन् । राज्यले सोही अनुसारको नीति बनाउला र आवश्यक पनि छ । आप्नो परम्परागत् जिबन्त संस्कार संस्कृतिलाई पुनर्जिवित गर्लान् । विभिन्न संस्कार गर्दा मारुनी, सिँगारु नचाँउलान् । अन्न र पैसा जम्मा गरेर समाजलाई बलियो बनाउलान् । विभिन्न विपद्मा खाद्यसंकट सजिलै टार्ने उपाय सोँच्लान् । नेताको भाषणले होइन गाउँलाई “स्वीजरल्याण्ड” बनाउने उर्जाशिल युवाहरू हुनेछन् । यो ठूलो अवसर हो ।

संस्कृति मनोरञ्न गर्ने थलो मात्रै होइनन् सामुहिक समस्या समाधान गर्ने माध्यम पनि हुन् । राम्रा संस्कृतिलाई पुनर्जिवित गरे आप्mनो पहिचान पनि जिवन्त हुन्छ । डिस्को नाँचेर अन्न र पैसा जम्मा हँुदैन । त्यसको लागि संस्कारहरूमा सिँगारु नाँच्नै पर्छ, जुन हाम्रा पुर्खाले गरेका थिए । जो आस्था संग गाँसिएको हुन्छ । आप्mनै संस्कृति समुदायले उपभोग गर्ने अवसर पाउछन् । सामुहिक गौरव हुन्छ । आशा गरौँ युवाहरू गाउँफर्के पछि राम्रा संस्कृतिको पुनर्जिवित गर्नेछन् । अहिले सम्झन्छु, समाजको नाममा अन्न र पैसा संकलन गर्ने उत्तम संस्कृति रहेछ । विस्तारै भुल्दै गयौँ । त्यो एक प्रकारको विपद् व्यवस्थापन कोष जस्तै थियो । पुर्खाहरूले त्यस्तो संस्कृति विनाउद्देश्य विकास गरेका थिएनन् होला । अव स्थानीय तहले पनि प्रोत्साहन गर्नु आवश्यक छ । मुर्त अर्मुत संस्कृति संरक्षण गर्ने स्थानीय तहको अधिकारमा उल्लेख छ । सबै परम्परागत संस्कृति उत्तम हुदैनन् । उत्तम संस्कृति संरक्षण गर्नुपर्ने आवश्यक देखाइदियो कोभिड–१९ ले । संस्कृतिलेनै मानवलाई अन्य प्राणीजगतबाट अलग देखाएको हो ।

र, अन्तमा गाली खाएको सम्झे । सानो छदाँ “तलाई हैजाले खाने” भन्थे । के भनेको होला जस्तो हुन्थ्यो । शाब्दिक कारण थाहा हुँदैनथ्यो । खोजिएन पनि । अहिले अनुमान लगाउछु हैजाले ठूलो महामारी लिएको थियो होला, कोरोना जस्तै । त्यो हैजाको महामारिसंग हाम्रा कुनै पुस्ता पक्कै जुधेको हुनुपर्छ । त्यसपछि यो गाली विकास भएर पुस्तौनी सर्दै आयो होला । मानव समाजमा रोग महामारी समयसमयमा आइराख्दो रहेछ भन्ने नभुँलाैँ । त्यो गालि परिवर्तन भएर “कोरोनाले खाने” भन्ने नयाँ गालिको शब्द विकास भयो भने आश्चर्य नहोला की !

यामबहादुर पुन
धौलागिरी गाउँपालिका –२