मलाइ मेरो माइत को याद आयो……

  • ८ जेष्ठ २०७७, बिहीबार
  • 5094 पटक पढिएको

सृजना पाैडेल

म्याग्दी ८ जेठ ।

मलाई आज कस्तो घरको अत्यार लाग्यो भन्दै गर्दा कतै बाट नसुन्निनि पाराले आवाज गुनजियो घर हैन माइत अनि म झसङ्ग भए ..

पढ्दाखेरी सबै काम गरेनी, घर मामुलाई ठग्नु पर्दा बिहान भरि सुत्दै ममि दुई तीन पटक लगाऐर नउठाए सम्म मानौ मेरो निन्द्रा नै नपुग्ने जस्तो,
आज फेरि मेरो ममिको माया लाग्यो मलाई
मेरो घर को याद आयो उफ्… मेरो माइतको याद आयो ।

छिटाे उठ्नुपर्छ, सबै काम सिक्नुपर्छ, के के पर्छ जिन्दगीमा खुशी खुशी भोक्न सक्नु त्यति आत्मनिर्भर बन्नुपर्छ,
मेरो बाबाको ज्ञान हो सधै उच्च अनि सकारात्मक सोचको धनी ..
मलाई .. मलाई फेरि मेरो बाबाको माया लाग्यो … मलाइ मेरो माइत को याद आयो ।

दाइ भाको हक जमाउदै मलाई झपार्दै, ओपिटि.का हिसाब सिकाउनी, कुट्नी पिट्नी, नराम्रो बोलीले खसालनि रिसाउन पार्नी अनि फेरि निचिल खुछिल पार्दै फकाउदै गर्नी ,मलाई मेरो दाजुको माया लाग्यो …
म नि के कम रोहेको बाहाना पारि कति पिटाइ खुवाये होला उहाँ लाइ …
मलाई मेरो माइतको याद आयो ….

कति ठाउँमा मा मलाई सहयोग नगरि आफुले आफैलाई सहयोग गर्न सिकाउनु भयो,
कहिले सारै माया लाग्ने गरि चक्लेट, बिस्कुन लिकन खुलाउनु भयो ,
साईकल चढाउने, बाईकमा गुडाउने,
भलै फेरि मेरो बिल्ला हानेर मलाइ उडाउने
मलाई फेरि मेरो दाजुको माया लाग्यो ..
मलाई मेरो माइत को याद आयो ।

कपाल लुछेनी, रिस रिसमा एक अर्कालाई थुकेनि, सलाईको आगो भन्दा छिटाे सल्किनी हाम्रो झगडा…
कपडाको लागि कुराई, भात तहिले पकाउनी कि भाडा महिले माझ्निकाे जुहारि …
कस्लाइ दाइले धेरै माया गर्नी, ममि बाबाको प्यारिको यी सबैमा हाम्रो वादविबाद चलिरहन्छ ..
म अनि मेरो माइलि भलै फरक फरक तर मायाले बाँदिएको हामी ,
मलाइ मेरो माइलीको माया लाग्यो ।
मलाई मेरो माइत को याद आयो।

कान्छी यो त सबको लादलि , येस्ले नपाऐको के होला , दुख भन्नी भोगेकी नै छैन , मलाई आमा बन्न त येस्ले पोक्त गराइसकी,
हुन त गल्तीमा कति थर्काए, सोधेको नजान्दा भनेको नमान्दा कति पड्काए पनि ,
तर सधै सितल, सुशील अनि आफ्नो मन को मालिक छे मेरो कन्छी ,
ममि सधै भन्नुहुन्छ कान्छी हो के ज्ञानी त मलाइ आज त्यहि ज्ञानीको माया लाग्यो ।
मलाई मेरो घर को याद आयो उफ्….. मेरो माइत को याद आयो ।

भरिभराउ छ मेरो परिवार सासु ससुरा, जेठाजु जेठानी , अमाजु, देवर अनि देवरानि ..सबैले माया पनि गर्छन मलाई ,
तर पनि मलाई मेरै माइती को माया लग्यो .. मलाई मेरै माइत को याद आयो ।

अरे के के पो खाइन होला र खान त झापड, उल्टाे सुल्टाे, लौरी अनि चप्पलकाे झटारो, अहिले त कोहिले सानो केही भन्दानि आँखा रसाउछ,
बरु तेहि पिटाइ प्यारो बाबा को, बरु तेहि थर्काइ जाती आमाको,
मलाई मेरो माइति को याद आउँछ।
मलाई मेरो माइत को माया लाउछ।

सायद जिद्दी भयर होला, बोल्नी बेसि किचकिच गर्ने अनि कराउनी अनाबश्यक …
यस्को किचकिच सुन्नु भन्दा त भनेर होकि मायाले अब ,मैले भनेको तर्नी कसैले थियन ,
अहँ मलाई नमान्नी कोहि थियनन् ,
चाहे बलाक्मेल नै किन गर्न नपरोस मनायरै छाड्थिए
आम्मा डन होस के त कसैलाइ बाकी छोड्दिन सबै को डाइलग हुन्थ्याे  ,
घर को त छोडुम नाता गोता को पनि मेरो अघि मुख हल्का बन्द नै हुन्थ्याे ।।

आजकल त म धेरै बोल्न भएन यो त्यो माग्न भएन, तर पनि म बोल्दै नबोली मेरो आवाज सुन्छ्न मेरो घरकाले …उफ् माइतकाले,
मलाई समझेर मनमनमा रुन्छ्न रे,
म धेरै नबोलेको, नरिसाको, नकराको देख्दा मेरो दाजु बहिनिका आँखा दङ्ग पर्छन् रे !!

ममि तीन पटक उथाइराख्दा नि फेरि अर्को पटकमा चिया अनि पानी लिएर बिस्तारा मै आउनुहुन्थ्याे ,
त्यो छोरि, ला कतै भोलि ढिलो उठ्नि होकि भन्नि डरमा निदाउछे ..
ममि छोरी बुहारी भैसकि !

चाहे आफुले फुलाको किन नहोस सब्से फुक्क परेको रोटी मै आँखा लानी छोरी अहिले ,
ला कतै कसैलाइ नपुग्ने होकि, थोरै भयो कि बरु मै नखाउँला मा पुगिसकि,
ममि छोरी बुहारी भैसकि !

एक दिन एक्लै पाहुना उम्काउँदा सानले एक हप्ता भान्सा नछिरी खाना खानी छोरी,तीन महिनामा एक छाक पकाउन अल्छी लाग्दा, टाउँको दुख्दा नि अबेर अबेर ओलास्सै पर्दै भान्सामा भाँडा बजाउछे,
ममि छोरी बुहारी भैसकि !

खाना थोरै हुदा नि रुनि धेरै हुदा नि रुनि तेति अप्ठेरी म हैरान गराउँनी छोरि भन्नुहुन्थ्याे नि सबै जनाले, अहिले कतै केहीमा नुन बढि हुनि हो कि केही गल्ती हुनिहोकि मलाइ अप्ठ्यारो हुनि हो कति दिन सुन्न पर्नी हो कि भन्नी हैरान मा बिताउछे ,
ममि छोरी बुहारी भैसकि !

नछुनी हुदा त पुरै घर लाई टाउकोमा उछाल्नी छोरि अहिले नछुनी हुदा को दुखाइलाई त रोगीको उपनाम दिन्छ्न छिमेकि, जरो नै आउदा नि सिटामोल लाई बाहेक अरुलाइ थाहा दिन्न ,
ममि छोरी बुहारि भैसकि !

हो सबै फरक छ यो दुई अढाइ दशक भन्दा यता बिल्कुल फरक छ तर मैले गुनासो गरेको हैन ,मेरो भोगाइ पोखेको हो ..बह पोख्दा मन हलुका हुन्छ रे !
मेरो आमा हजुर ,हजुर ले यी सबै काटेर आउनुभयो
म हजुर कै छोरी हुम,आफ्नो जिम्बेवारी पुर्ण रुपले निभाउने छु ,
कुल घरकि छोरी रैछे सबले भनोस त्यस्तो छाप लगाउने छु ,
हजुरको प्रर्बरिस अनि संस्कारमा आच आउने छैन कहिले पनि,
फलाना को छोरी त यस्ति भनि हजुर को नाम मा दाग लाउने छैन कहिले पनि ,
म मेरो जिम्बेवारी पूरा निबाउने छु, पुर्ण निस्टावान भइ निभाउने छु, पुर्ण निस्वार्थ भइ निभाउने छु,
पुर्ण जिम्मेवार भइ निभाउने छु ।।।।

सृजना पौडेेल