ब्यवसायिक बाख्रापालनमा हेमबहादुर रोका

  • ८ जेष्ठ २०७७, बिहीबार
  • धिरन खत्री
  • 2977 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ८ जेठ । गाउँमा रहेको प्रशस्त बनजंगललाई सदुपयोग गर्दै म्याग्दीको मालिका गाउँपालिका –६ खुबाङका हेमबहादुर रोकाले ब्यावसायीक रुपमा बाख्रापालन गरेका छन् । परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरेको खोरमा ब्यवस्थित रुपमा बाख्रा पालन गर्दै आएका छन् ।

२०६४ सालमा विपन्न परिवारलाई २ हजार अनुदान र आफनो लगानीमा दुईवटा पाठामा सुरु गरेको बाखा्रपालन रहरलाग्दो भएको छ । एक सय भन्दा बढी बाख्रा पाल्दै आएका रोकाको दैनिकी कर्मचारी कार्यालय गएजस्तै दिनहुँ वनतिर बाख्रा चराउन जान्छन् । उमेरले ६० बर्ष भइसके । २०७३ सालदेखि ८ लाख खर्च गरेर ब्यवस्थित खोर निर्माण गरेका छन् । प्रदेश अन्तरगतको भेटेनरी तथा पशु कार्यालयाबाट १लाख अनुदान पाएको सुनाए ।


बाख्रालाई ब्यवस्थित खोर आफुलाई खरको छानो हालेर बास बनाएका रोकाले बाख्रापालन ब्यवसाय निरन्तर गर्ने योजना रहेको छ । बाख्रपालनबाट खशी, बोका, पाठा बचेर घरखर्चसंगै बार्षिक २ लाख रुपैयासम्म आम्दानी गरेको बताए । यो समयमा ४० वटा बोका, खशी र पाठापाठी विक्रि गरेका छु, बजारको समस्या नरहेको समेत जानकारी दिए । नगदे बालीको रुपमा परिचित उन्को बाख्रापालनमा श्रीमती जैशरा रोकाले साथ दिएकी छन् । ‘बाख्रपालनको दैनिकीमा लगडाउनले कुनै असर गरेको छैन्’ उनले भने ।


जिल्लामा ब्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका कृषकलाई लगडाउनको समयमा सुलभ रुपमा दाना, भेटेनरी सेवा र बजार ब्यवस्थाको लागि स्थानीय सरकारले ध्यानदिनुपर्ने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l