बाँझो जमिनमा कृषि खेती सुरु

  • ७ जेष्ठ २०७७, बुधबार
  • धिरन खत्री
  • 2437 पटक पढिएको

 

धिरन खत्री
म्याग्दी ७ जेठ । बैदेशिक रोजगारीको आम्दानीसंगै सेवासुविधालाई हेर्र्दै गाउँ छोडेर शहरतिर बस्ती विस्तार हुदाँ गाउँको उर्भर भुमि बाझिदै जाने समस्या दिनप्रतिदिन बढ्दै गएको छ । तर लामो समयदेखि बाझो बसेको म्याग्दीको मालिका गाउँपालिका–६ दुखुलेकमा गाउँलेहरु मिलेर सामुहिक कृषि खेती सुरु गरेका छन् ।

बाँझो जमिनलाई हरियाली बनाउने अभियानमा अध्ययन, रोजगारी, ब्यवसाय, बैदेशिक रोजगारीका लागि सोच बनाएर शहर पसेको युवाहरु गाउँ फर्किएर रोजगारीसंगै सामुहिक रुपमा खेती गरेका हुन् । लगडाउनको समयमा गाउँ फकिएका युवाहरु मिलेर स्थानीय रुपमा उत्पादन हुने सिमि, भट्टा, कोदो,मकै लगायतको खेती बाझो जमिनमा लगाउन खनजोत सुरु गरेका छन् । स्थानीय युवा राजकुमार रोकाले सधै बाँझो बसेको जमिनमा युवाहरु मिलेर रोजगारीसंगै खेती गर्न लागेको बताए ।

१६ घरधुरीको २२ बर्षदेखिको १ सय ७० रोपनी बाझो जमिनमा गाउँले मिलेर १० बर्षसम्मको आम्दानी गाउँहरुले लिने सम्झौता जग्गाधनीसंग गरेर झाडी फाड्ने खनजोत गरेर खेती गर्न सुरु गरेका हुन् । ९८ घरधुरी रहेको दुखुलेकमा १ सय १४८ दिन लगाएर झाँडी पन्छाएर युवाहरुले मिलेर ६ हल गोरुले बाझो जमिन जोतेर हरियाली बनाउन लागेको छन् । स्थानीय शर्गबहादुर रोकाले बाझो बसेको जमिनलाई हरियाली बनाउने सबैलाई गाउँ फर्क अभियानमा रहेको बताए । मालिका गाउँपालिका वडानम्वर ६ का वडा अध्यक्ष सन्तनाथ सुवेदीले एक गाउँ एक उत्पादन योजनासंगै रैथाने बालि पकेट निर्धारण गरेर भुगोल अनुसार खेती सुरु गरेको बताए ।

खेतितर्फ आकर्षित, आयात घटाउने, रोजगारि र आयआर्जन बढाउने र स्थानीय आवश्यक खाद्यान्न उत्पादनसंगै आम्दानी बढाउने उद्देश्यले दुखुलेकमा गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरेको छ । सार्वजनिक जग्गामा टिमुर लगाउन १ लाख र बाझो जमिनमा वा खेती गर्दै आएको जग्गामा २ लाखको सिमिको विउविजन खनजोत गरेर लगाउन विनियोजन गरेको वडासदस्य पदबहादुर रोकाले बताए ।

विश्वब्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन स्थानीय तहले एक गाउँ एक उत्पादन लक्षित गरेर रोजगारी सिर्जना गर्न अुनदान लगायतको ब्यवस्था गरेको छ । गाउँहरुले उत्पादन गरेको टिमुर सिमि, गत भट्टा लगायतको खेतीको बजारीकरणको लागि दरवाङमा आत्मनिर्भर ब्यवसायी कृषि सहकारी संस्थाले जिम्मा लिएको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l