सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि भेटिए कोरोना संक्रमित

  • ६ जेष्ठ २०७७, मंगलवार
  • 1613 पटक पढिएको

काठमाडौं । सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाहीका २ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ भने काठमाडौंमा पनि ३ जना संक्रमित थपिएका छन् । यस्तै भक्तपुरका १, मकवानपुरका १,कपिलबस्तुका ४र नवलपरासीका १ जना पनि संक्रमण पुष्टि भएको उनले बताए ।
संक्रमितहरु १७ देखि ४२ वर्ष उमेर समूहका छन् । संक्रमितमा २४ पुरुष र ३ महिला रहेका छन् । योसँगै नेपालका ३८ जिल्लामा कोरोना संक्रमण ३फैलिएको छ। हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किएका छन् । यस्तै २ जनाको मृत्यु भएको छ ।