नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

  • ७ जेष्ठ २०७७, बुधबार
  • 951 पटक पढिएको

काठमाडौं ७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । मंगलवरा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्ंया बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको जानकारी दिएका थिए । संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।


देवकोटका अनुसार बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् । यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरु सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।

यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले बताए । यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् ।

यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी बेलबानी क्वारेन्टाइनमा बस्दै आएका थिए । हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।