ताजा अपडेट

शिखमा व्यवसायीक चौरीपालन

म्याग्दी, ९ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखका प्रेम पुर्जाले व्यवशायिक रुपमा चौरी पालन गरेका छन् । ३० भन्दा बढी चौरी गाई निरन्तर पाल्दै आएका पुर्जाले मुस्ताङको लेतेबाट ७३ वटा गाई किनेर ब्यवसायिक रुपमा बृद्धि गरेका छन् । ४४ लाख लगानीमा सो चौरी थपेका हुन् । चौरीपालनबाट जीविकापार्जन गर्दै... पुरा पढ्नुहोस

लायन्स क्लवद्धारा भलिबल खेलाडी पुन र वडा अध्यक्ष बुढा सम्मानित

  म्याग्दी ८ चैत । लायन्स क्लव अफ म्याग्दी दरवाङ म्याग्दीले भलिबल खेलाडी कमला पुन र मालिका गाउपालिका–५ देविस्थानकी वडा अध्यक्ष पिपला बुढालाई सम्मान गरेको छ । मालिका गाउपालिका–३ डाडागाउकी पुन २०७० देखि राष्ट्रिय स्तरको महिला भलिबल खेलाडीको रुपमा सक्रिय हुनुहुन्छ । पुन सहभागी १३ औ दक्षिण एशीयाली क्षेत्रीय खेलकुद प्रतियोगितामा... पुरा पढ्नुहोस

कोरोनाबाट जोगिन व्यक्तिगत सतर्कता नै उत्तमः स्वास्थ्यकर्मी (भिडियो सहित)

म्याग्दी ८ चैत । विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाईरसबाट जोगिन व्यक्तिगत सतर्कतना नै उत्तम रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । म्याग्दीको बेनी अस्पतालमा कार्यरत डाक्टर मनोज घिमिरेले सरकारले ल्याएको पूर्वसतर्कताको योजनाहरुलाई सबैले पालना गर्ने र सम्भावित खतरा र संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने बताउनुभयो । https://www.youtube.com/watch?v=7ErosbxnaJ8 उहाँले... पुरा पढ्नुहोस

म्याग्दीमा ९ हजार जना भन्दा बढी बाललबालिकालाई दादुरा– रुबेला खोप लगाईने

म्याग्दी, ८ चैत । म्याग्दीमा नौँहजार भन्दा बढी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाईने छ । स्वास्थ्य कार्यालय म्याग्दीले दादुरा– रुबेला खोप अभियान अन्तरगत चैत १० गतेदेखि ३० गतेसम्म नौँ महिनादेखि ५ बर्षसम्मका जिल्लामा रहेका ९ हजार ३५२ जना बालबालिकाहरुलाई खोप लगाउने भएको हो । ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रोगबाट बचाउन... पुरा पढ्नुहोस

कोरोना प्रभावितको उपचारका लागि बेनीमा दश शैयाको अस्थायी अस्पताल बनाइने

म्याग्दी, ७ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि लक्षित गरेर बेनीमा दश शैया क्षमताको अस्थायी अस्पताल बनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । शनिबार बेलुका सम्म अस्पताल तयार हुने प्रमुख... पुरा पढ्नुहोस

बाँदुकमा सडक निर्माण योजनामा नेकपाका नेता कार्यकर्ताद्धारा श्रमदान (फोटो फिचर)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरेका छन् । पार्टीको एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगत नेकपा बेगको वडा कमिटीले शुक्रवार सडक निर्माणमा श्रमदान गरेका हुन् ।  प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन... पुरा पढ्नुहोस

बेनपा–६ को पहलमा विपन्न बर्गको घरघरमा सावुन र मास्क वितरण सुरु

म्याग्दी ७ चैत । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने सावुन र मास्क वितरण सुरु गरेको छ । वडाभित्र रहेका ६५० घरधुरीमध्ये पहिलो चरणमा विपन्न ३३३ घरपरिवारको लागि सावुन र मास्क वितरण सुरु गरिएको हो । सहयोगदाता मार्फत सहयोग जुटाएर प्रतिघरधुरीलाई... पुरा पढ्नुहोस

राष्ट्रिय राजनीतिमा प्रचण्डको आयतन,परिधि र विरोधको सिमारेखाहरु

तारामिलन छन्त्याल जुन कुनै देशलाई सहि दिशा निर्देश गर्ने काम राजनितिले गर्दछ । भनिन्छ राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ । राजनीतिले देशको न्यायपालिका कार्यपालिका , ब्यबस्थापिका र स्थानीय तह सम्पुर्ण निकायलाई सहि र सवल ढङ्गले सञ्चालन गर्ने हुदा राजनीति आवश्यक हो । यि सबैको ब्यबथापन र सञ्चालनले नै... पुरा पढ्नुहोस

दग्नाममा बोलेरो दुर्घटना, ८ जना घाईतेमध्ये दुई जनालाई हेलिकप्टर मार्फत पोखरा (भिडियो सहित)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा शुक्रवार विहान भएको बोलेरो जिप दुर्घटनामा ८ जना घाईते भएका छन् । दग्नामको कान्छीगाउँबाट बेनीतर्फ आउन लागेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप भिरालो ठाउँमा रोकिराखेको ठाउँबाट चालकरहित अबस्थामा गुड्दा दुर्घटना भएको थियो । https://www.youtube.com/watch?v=wuMxlnBXS0g दुर्घटनामा परि घाईते भएकाहरुमध्ये गम्भिर... पुरा पढ्नुहोस

नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर ‘शिक्षक’

म्याग्दी ७ चैत । शिक्षककै नक्कली शैक्षिक प्रमाणपत्र रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीमा दुई शिक्षकले बर्षौदेखि नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा सरकारी विद्यालयमा शिक्षण गराउँदै आएको खुलेको छ । धवलागिरि गाउँपालिका–६ मराङ स्थित राम्चे आधारभुत विद्यालयमा शिक्षण गराएका छोटेलाल ठाकुर र रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ स्थित कालिका माध्यमिक विद्यालयमा... पुरा पढ्नुहोस