ताजा अपडेट

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ २८ जेठ । पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर कूल संख्या ४ हजार ३६४ पुगेको जानकारी दिए... पुरा पढ्नुहोस

जातीय व्यवस्था नै बर्ग निर्माण को प्रमुख कारण ।

विनोद आचार्य भारतीय समाजमा करिब ३५ सय बर्ष अगाडि सुरु भएको वर्ण ब्यबस्था त्यति बेलाको वर्गीय तहगत संरचना नै थियो । ती संरचना नेपाल भित्रको तराई भु भागमा आइपुग्दा, वागमती उपत्यका भित्र लिच्छविहरुले सुरु गरि मल्लहरुले विस्तार गर्दा र पश्चिम नेपालमा वैदिक आर्यहरु प्रवेश गरि खस राज्य विस्तार र जङ्ग... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा युवा ब्यवसायी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग

म्याग्दी, २८ जेठ । जन्मदिनको अवसरमा विभिन्न क्षेत्रमा हुने फजुल खर्चलाई कटौती गर्दै म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका हरी भण्डारीद्धारा सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । हाल बेनीमा ब्यवसाय गर्दै आएका भण्डारीले जन्मदिनको अवसरमा परोपकारी संस्था अ‍ोमकुमारी शान्ति कोषलाई ७ हजार रुपैया सहयोग गरेर आजिवन सदस्य लिएका छन् । सहयाेग रकम... पुरा पढ्नुहोस

म्याग्दीका बैँक तथा वित्तिय संस्था विहिवारदेखि नियमित संचालन हुने

म्याग्दी २८ जेठ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि जारी बन्दाबन्दी(लकडाउन)को समयमा समयतालिका अनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैँक तथा वित्तिय संस्थाहरु विहिवारदेखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक बर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विहान ११ बजेदेखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न... पुरा पढ्नुहोस

करेन्टले दुबै हात गुमाएका दुईजनालाई फ्रान्सबाट ३ लाखभन्दा बढी सहयोग

म्याग्दी २८ जेठ । करेन्ट लागेर दुबै हात गुमाएका म्याग्दीका दुईजनालाई उपचारमा फ्रान्समा रहेका नेपालीले ३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । करेन्ट लागेर दुबै हात गुमाएका मंगला गाउँपालिका–२ बावियाचौरका २८ बर्षिय खिम बहादुर पुन र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी ४ बर्षिया कृशिखा विकको उपचार र घरायसी खर्चका लागि फ्रान्समा... पुरा पढ्नुहोस

बेनी, गोपाल दाई र सिर्जना मःम पसल

तारामिलन छन्त्याल बेनी बजार म्याग्दी र कालीको सङ्गम स्थल हो । काली र म्याग्दीले सप्तरङ्गी भेष बदल्दा बेनी निकै सुन्दर देखिन्छ । बेनीलाई कहिले धौलागिरिले घुम्टो ओढाएर राख्छ त कहिले निलगिरीले  शीतलता प्रदान गर्दछ । कालीगण्डकी आफ्नै भाकामा गीत गाउँछ भने म्याग्दी खोला भाका हालेर  सुसाउँछ । बेनी बजार भने... पुरा पढ्नुहोस

कोटगाउँमा बाढी र पहिरोले पुरिएर दुई जनाको मृत्यु

म्याग्दी, २८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँमा गएराती बाढी पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । राती बर्षासंगै आएको बाढीले पुरिएर स्थानीय ५० बर्षिया हमायाँ शेरपुञ्जा र उहाँकी नातिनी ४ बर्षिया सिमरन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमरन शेरपुञ्जाको छोरीतर्फकी नातिनी हुन् । गोठमा... पुरा पढ्नुहोस

नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको सख्ंया ४ हजार नाघ्यो

काठमाडौं २७ जेठ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । [caption id="attachment_44883" align="alignnone" width="1024"] CoronavirusFAQOpener[/caption] मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३... पुरा पढ्नुहोस

म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण , संक्रमितको संख्या तीन पुग्यो

म्याग्दी २७ जेठ । म्याग्दीमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसको क्वारेनटाइनमा रहनुभएका बेनी नगरपालिका– ३ का ४९ बर्षिय पुरुषको पोखराको स्वास्थ्य बिज्ञान प्रयोगशालामा गरिएको स्वाब पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । गत जेठ १६ गते नेपाल–भारत सिमानाकाबाट आएर... पुरा पढ्नुहोस

चिमखोले डोको संरक्षणको लागि डिभिजन वन कार्यालय मार्फत स्थानीयलाई उद्यमशिलता तालिम

म्याग्दी २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मौलिक पेशाको रुपमा रहेको ‘चिमखोले डोको’ बुन्ने पेशाको संरक्षणको लागि स्थानीयलाई तालिम दिईएको छ । डिभिजन वन कार्यालय म्याग्दीले सामुदायिक वनमा उद्यमशिलता अभिबृद्धि कार्यक्रम अन्र्तगत चिमखोलाका २० जनालाई बाँस तथा निगालोमा आधारित डोको, डाली, मुडा लगायतका सामाग्री बनाउने तालिम दिएको कार्यालयका निमित्त... पुरा पढ्नुहोस