पुर्वाधार र प्रचारप्रसारको अभावमा ढोल्ठान दरबार ओझेलमा

  • २३ असार २०७७, मंगलवार
  • धिरन खत्री
  • 1989 पटक पढिएको

 

म्याग्दी, २३ असार । बेनी नगरपालिका–९ तोरीपानीको शिरमा रहेको ढोल्ठान दरवार ओझेलमा परेको छ । २ हजार मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको प्राचिन सम्पदासहितको मन्दिर, हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङका दर्जनौ गाउँहरु अध्ययन र अवलोकन गर्न सकिन्छ ।

समथर भूभाग, शिरशिर हावा, रानी बसेर हेर्न डिल, एतिहासिक मन्दिर रहेको दरबारमा पर्यटक भित्र्याउन सडक, प्रतिक्षालय, राजाहरुको भंग्नासेसहरुको संरक्षण गर्नुपर्ने स्थानीयको माग छ । ढोल्ठान दरवारमा पुग्ने आन्तरिक पर्यटकलाई सहज रुपमा यात्रा गराउन प्रधानमन्त्री रोजगार कार्यक्र अन्तरगत ६ लाख ३६ हजारमा ढोल्ठान दरवारमा पुग्ने बाटो निर्माण यसबर्ष गरिएको छ।


दरवार क्षेत्रको ऐतिहासिक महत्वलाई समेटेर गुरुयोजना निर्माण गरेर पुर्वाधार निर्माण गनुपर्ने अवस्था सिर्जना भएको वडाअध्यक्ष बेलबहादुर चोखालले बताए । पर्यटकलाई सहज यातायात सुविधा गुणस्तर बनाउन लागि परेको वडा अध्यक्ष चोखालले जानकारी गराए । ढोल्ठान दरवारमा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्नका लागि गुणस्तर सडक, समयमै पुर्वाधार र स्थानीयको लगानी होटल संचालनको ब्यवस्थासंगै प्रचारप्रसार हुन सकेमा पर्यटकको सहलपहल बढेमा स्थानीयलाई ब्यसाय संचालन गरेर रोजगार सिर्जना हुने देखिन्छ ।

सदरमुकाम बेनीदेखि गलेश्वरमन्दिर घतान हुदै तोरीपानी वा बेनीहुदै अथुंगे तोरीपानीको यातायात सेवाबाट ढोल्ठान दरवारमा पुग्न सकिन्मा पुग्न सकिन्छ । स्थानीय तहको नीति तथा कार्यक्रममा पर्यटकिय क्षेत्रमा पुर्वाधार तिव्र रुपमा गर्ने भनिएपनि सो क्षेत्रको पुर्वाधार गुरुयोजना नवन्नु र आवश्यक बजेट विनियोजन नहुदाँ ओझेलमा परेको देखिन्छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l