राखु भगवतीका अमर बहादुर केसीद्धारा एकमहिनाको घरभाडा छुट

  • २२ असार २०७७, सोमबार
  • 999 पटक पढिएको

म्याग्दी, २२ असार । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका अमरबहादुर केसीले बेनीबजार गणेशटोलमा रहेको घरमा ब्यवसाय र कोठाभाडामा बस्नेलाई एकमहिनाको घरभाडा छुट दिएका छन् ।


कोरोनाको जोखिम न्युनीकरणका लागि गरिएको बन्दाबन्दीको अवधिमा केसीले ब्यवसायी र कोठाभाडामा बस्नेलाई सहजताका लागि सटरभाडासहित रु ५५ हजार रुपैयाँ घरभाडा छुट दिएका हुन् ।
घरभाडा छुट दिने केसी राखु भगवतीस्थित मुक्तिधाम माविका प्रअ समेत रहेका छन् । सरकारले लकडाउन अवधिको घर भाडा छुट दिन आब्वहान गरेको थियो ।