रघुगंगा नदीले बेलीव्रिज पुल बगाउदाँ बेनी– जोमसोम सडक अवरुद्ध

  • २६ असार २०७७, शुक्रबार
  • धिरन खत्री
  • 3006 पटक पढिएको

 

म्याग्दी, २६ असार । अविरल बर्षापछि रघुगंगा नदीमा आएको बाढीले बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा रहेको बेलीव्रिज पुल बगाएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज पुल बगाउदाँ आवातजावत अवरुद्ध भएको हो ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा रहेको पुल नदीको कटानका कारण बेलिब्रिजको रघुगंगा गाउँपालिकाको तर्फकोे जिप भत्काएको छ । भने कटानले झोलुङेसहित राहुघाटमा रहेका २१ घरधुरीको बस्ती पनि जोखिममा परेको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिकासंगै हिमाली पारीको जिल्ला मुस्ताङको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । यातायात अवरुद्ध हुदाँ खाद्यान्न, औषधी, स्वास्थ्य सेवाका लागि लामो समय अवरुद्ध हुने अध्यक्ष भण्डारीले बताए । ठेकेदारले पक्कि पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेको थियो । बेलीव्रिज बगाउदाँ सदरमुकाम बेनीबजार बासीन्दाले पिउनेपानीको पाईपमा क्षति पु¥याउदाँ खानेपानी अवरुद्ध भएको छ।

लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको विभिन्न स्थानमा गरेर २० जना भन्दा बढी बेपत्ता भएको क्षतिग्रस्त क्षेत्रका स्थानीयले   जिल्ला प्रहरी कार्यालयलाइ जानकारी दिएका छन ।  धवलागिरी गाउपालिकाको मराङमा १० जना, ताकमा ३ जना र विममा ८ जना रहेको जानकारी स्थानीयले दिएका छन् ।
घटनास्थलमा प्रहरी टोली नपुगेको कारण कति जना बेपत्ता, कति घरमा क्षति पुगको विवरण आउन बाकी रहेको प्रहरी नायव उपरिक्षक किरणजंग कुवरले जानकारी दिए ।

धौलागिरी गाउपालिका–६ मराङको रिखामा शुक्रबार बिहान १० जना वेपत्ता छन् । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले १३ परिवारलाई विस्थापित गरेको छ । यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, विम दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको डिएसपी किरनजंग कुँवरले जानकारी दिएका छन् । घटनास्थलको विवरण आउन बाकी रहेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l