विषयगत कार्यालयको बार्षिक समिक्षा

  • २३ असार २०७७, मंगलवार
  • धिरन खत्री
  • 1126 पटक पढिएको

म्याग्दी, २३ असार । म्याग्दीमा रहेका विषयगत कार्यालयहरुको बार्षिक समिक्षा प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका संघ र प्रदेशका कार्यालयहरुले बार्षिक प्रगति प्रस्तुत गरेका थिए ।


बार्षिक प्रगति प्रतिवदेन पुर्वाधार विकास कार्यालय, कृषि ज्ञानकेन्द्र म्याग्दी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाइर्, जिल्ला आयोजा कार्यान्वयन ईकाई शिक्षा, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग, जनस्वास्थ्य कार्यालय बेनी, बेनी अस्पताल, मिलन म्याग्दी कदम म्याग्दी गैसस महासंघ, भू तथा जलाधार ब्यवस्थापन इकाईले सोमबार जिसस सभाहलमा प्रस्तुत प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए


कार्यालयका प्रमुखहरुले चालु तथा पुजिगत खर्चको अवस्था, योजना कार्यान्वयन, कर्मचारीको अवस्था र कोरनाको प्रभावले कार्यान्वयन नभएको योजनाहरुको जानकारी गराएका थिए ।
जिसस प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता भएको समिक्षा गोष्ठिमा प्रजिअ ज्ञाननाथ ढकाल उपस्थित रहेको थियो । गोष्ठीमा जिसस प्रमुख केसीले भएको स्रोतसाधन प्रयोग गरेर जिल्लालाई फाईदा पुग्ने योजनालाई गुणस्तर रुपमा कार्यान्वयनमा जोड दिन विषयगत कार्यालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले कर्मचारी अभाव देखाएर योजनाहरु कार्यान्वयन नगरी बजेट फ्रिज गर्ने वातावरण सिर्जना नगर्न सुझाव दिएका थिए । सभाहलमा भएको गोष्ठीमा जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाको स्वागत तथा अधिकृत गोविन्द्र सुनारको संचालनमा रहेको थियो ।

संघ र प्रदेश सांसद, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थित विना विषयगत कार्यालयको बार्षिक समिक्षा प्रस्तुत रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l