बैंक किस्ता, विमा समय अवधि थप र पार्किङ शुल्क छुट गर्न ट्याक्सी ब्यवसायीको माग

  • २२ असार २०७७, सोमबार
  • धिरन खत्री
  • 1139 पटक पढिएको

म्याग्दी,२२ असार । ट्याक्सी ब्यवसायी म्याग्दीले लगडाउन अवधीको बैंक किस्ता, विमा समय अवधि थप र नगरपालिकाको पार्किङ शुल्क छुटको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।  नेपाल सरकारको गृह मन्त्रालयलाई अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई काली गण्डकी यातायात प्रालीका अध्यक्ष भोजबहादुर थापा र बेनी यातायात प्रालीका टिकाप्रसाद पुर्जाले ज्ञापनपत्र बुझाएका हुन् ।


कोरोनाभाइरसको त्रासले भएको लगडाउनको अवधीभर ट्याक्सी ब्यवसाय पूर्णरुपमा बन्द भएपछि परिवारमा आर्थिक संकट हुदाँ बैंकको कर्जा र ब्याजको किस्ता बुझाउन नसकेको जानकारी गराउदै गृहमन्त्रालयलाई समयसिमा थपको माग गर्दै ज्ञापन बझाएका हुन् ।

बारम्बार बैंकले ताकेता गरेको भन्दै लकडाउनको अवधिमा तिनुपर्ने किस्ता र ब्याजलाई सुन्य समय मान्दै पूर्णरुपमा लकडाउन खुलेपछि तिर्ने बातावरण बनाउने, सवारी साधनको विमा समयअवधि थप गर्न विमा कम्पनीलाई निर्देशन र नगरपालिकाले काउण्टर भाडा र पार्कीङ शुल्क लगडाउन अवधि भर छुटको माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै ब्यवसायीको समस्यालाई मध्यनजर गर्दै सम्वन्धीत क्षेत्रमा मागलाई कार्यान्वयन गर्नका लागि पहल गर्ने बताए । दुईसय भन्दा बढी म्याग्दीमा संचालित ट्याक्सी व्यवसायीलाई बैंक तथा वित्तिय संस्थाबाट ताकेता बढेपछि सहज वातावरण नहुदाँसम्म समयसिमा थपको माग सरकारलाई गरेका हुन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l