म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि

  • २५ कार्तिक २०७७, मंगलवार
  • 1562 पटक पढिएको

म्याग्दी २५ कात्तिक । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्टयाक्ट ट्रेसिङमा परेका र शंकास्पद विरामी व्यक्तिहरुको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाईएकोमा मंगलवार प्राप्त रिपोर्ट अनुसार चार जनामो कोरोना संक्रमण पुष्टि भएको हो ।


बेनी नगरपालिका–६ का ६५ बर्षका एक पुरुष, वडा नम्बर ८ र २ का बर्ष २६ र १५ का दुई पुरुष र बेनी अस्पतालमा कार्यरत बर्ष ३० का एक पुरुष गरि चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

संक्रमित मध्ये बेनी नगरपालिका– ८ का बर्ष २६ का पुरुषलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाईएको छ भने अन्य संक्रमितहरुको सवस्थ्य अबस्था सामान्य रहेको र उनीहरुलाई स्थानीय र होम आइसोलेसनमा राखिएको छ । म्याग्दीमा हालसम्म ११४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७३ जना निको भैसकेका छन् ।