बेनीबाट उपचारकाे लागि पाेखरा पुर्याईएकी महिलाकाे काेराेना कारण मृत्यु

  • २७ कार्तिक २०७७, बिहीबार
  • 3776 पटक पढिएको

बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई थप उपचारका लागि पाेखरा पठाईएकाे थियाे । उपचारका क्रममा विहिवार उनकाे ज्यान गएकाे हाे । उपचारकै क्रममा महिलाकाे पिसिअार परिक्षणका लागि स्वाव लिएकाेमा मृत्यु पछि उनमा काेराेना पुष्टि भएकाे जनाईएकाे छ।