धान भित्र्याउने चटारोमा कृषक, सिमको फाँटमा देखिएको दृष्य (फोटो फिचर)
- २८ कार्तिक २०७७, शुक्रबार
- कमल खत्री
- 3636 पटक पढिएको
बेनी, २८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ सिमको फाँटमा धान काट्दै गरेका स्थानीयबासी । यतिबेला कृषकहरुलाई धान भित्र्याउने चटारो बढेको छ । कात्तिकको सुरुवातदेखि सुरु भएको धान काट्ने कामलाई कृषकहरुले बिटमार्ने तयारी गरेका छन् । जिल्लाका अधिकाँश कृषकहरुले धान भित्र्याइसकेका छन् ।
मंसिर पहिलो साताभित्र प्राय सबैले धान भित्र्याइसक्ने आकंलन गरिएको छ । यस बर्ष धान भित्र्याउने समयमा मौसममा बदली नभएपछि कृषकहरुले सहज रुपमा खेतमा पाकेको धान घरमा भित्र्याएका छन् ।
धान काटिसकेपछि हिउँदेबाली गहुँ, जौ, तरकारी खेतीको सिजन सुरु हुन्छ ।
शब्द/तस्विर : कमल खत्री

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l