ताकममा देखिएको मनै लोभ्याउने ग्रामिण जिबनशैलि (फोटो कथा)
- २७ कार्तिक २०७७, बिहीबार
 - कमल खत्री
 - 2729 पटक पढिएको
 
बेनी, २७ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको फाँटमा खेत जोत्दै गरेका कृषक । आँखै अगाडी गुर्जा र चुरेन हिमालको दृष्य देखिने ताकमका खेतका फाँटमा कृषकहरुले बाली लगाउन र भित्र्याउनका लागि गरेका दैनिकी निकै रहरलाग्दो छ । 
यहाँबाट धवलागिरि हिमालको समेत अवलोकन गर्न सकिन्छ । यतिबेला ताकमका स्थानीय धान बाली भित्र्याइसकेर हिउँदे बाली लगाउन व्यस्त छन् । ताकममा हिउँदे बालीमा गहुँ, जौ, आलु लगायतका खेती हुने गर्छ । कृषकहरु हिउँदे बालीको खेतीको लागि यतिबेला खेतमा मलजल गर्ने र खेत जोतखन गर्न थालेका छन् ।
शब्द/तस्विर : कमल खत्री     
 

 

 
 
  
 


 
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l