म्याग्दी खोलामा बेपत्ता किशोरको गोटाखोर टोलीद्धारा सब फेला

  • २६ कार्तिक २०७७, बुधबार
  • 1757 पटक पढिएको

म्याग्दी २६ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर वेपत्ता भएका किशोरको सब भेटिएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो ।   पाेखराबाट अाएकाे  सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो ।

छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा विक बेपत्ता भएका थिए । वेपत्ता भएका किशोरको प्रहरी र स्थानीयबासीबाट खोजीकार्य हुँदा समेत केहि पत्ता नलागेपछि गृहमन्त्रालयसंगको समन्वयमा तत्कालै गोताखोर टोली झिकाएर खोजी गरि सब फेला पार्न सकिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । करिब १५ फिट गहिरो तलाउबाट शव निकालिएको थियो ।