बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

  • २८ कार्तिक २०७७, शुक्रबार
  • 1262 पटक पढिएको

बैटडी २८ कात्तिक । बैतडीमा भएको बस दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर खोड्पे नजिकैको भीरबाट खसेको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ ।