ताजा अपडेट
बेनी नगर प्रमुख श्रेष्ठद्धारा दुई निजि गाडी एम्बुलेन्सको रुपमा परिचालन
- 3 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
म्याग्दी ३० वैशाख । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना नीजि दुई बोलेरो जिप कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स बनाउन नगरपालिका लाई हस्तान्तरण गर्नुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस भन्ने उदेश्यले नगरप्रमुख श्रेष्ठले परिचालन गर्न लाग्नुभएको दुई निजि गाडीको... पुरा पढ्नुहोस
म्याग्दीमा निषेधाज्ञाको समय जेठ १० गतेसम्म थपियो, थप कडाई गरिने (भिडियाे सहित)
- 3 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
बेनी, ३० वैशाख । म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय... पुरा पढ्नुहोस
बागलुङमा एकैदिन तीन जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्याे
- 3 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
बागलुङ ३० वैशाख । बागलुङमा कोरोना संक्रमणबाट एकैदिन तीन जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ साविकको बोबाङ गाउँ विकास समितिका पूर्व अध्यक्ष शेरमान घर्तिको कोभिड–१९ संक्रमणबाट मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारत उनको बिहिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देव प्रकाश... पुरा पढ्नुहोस
माधव नेपालसहित चारजना एमाले नेताको कारवाही फुकुवा
- 3 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
काठमाडौं ३० वैशाख। नेकपा ९एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय... पुरा पढ्नुहोस
बहुमतको सरकार गठनको आज अन्तिम दिन, बिपक्षी गठबन्धनको अझै बहुमत पु¥याउन सकेनन्
- 3 बर्ष, 9 महिना अगाडि
- ३० बैशाख २०७८, बिहीबार
काठमाण्डौ ३० वैशाख । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा बिभाजित भएपछि... पुरा पढ्नुहोस
बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरूषको निधन
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
म्याग्दी २९ बैैशाख । बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित एक पुरूषको बुधवार दिउँसो निधन भएको छ । उहाँको बुधवार विहान एन्टिजन पोजेटिभ आएको थियो । बेनी नगरपालिका ५ का ४१ वर्षिय पुरूषलाई स्वासप्रस्वासमा समस्या भएपछि मंगलबार राति उपचारका लागि अस्पतालमा ल्याईएको थियो । हाईफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन... पुरा पढ्नुहोस
रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग (भिडियो सहित)
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
https://www.youtube.com/watch?v=685mF_FV1NM म्याग्दी २९ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल र धर्मराज सुवेदीले उक्त मुल्य बराबरको कोरोनाका विरामीको लागि आबश्यक... पुरा पढ्नुहोस
बिहे भोज गरेको आरोपमा मल्लाजमा दुई बेहुला पक्राउ
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
पर्वत २९ वैशाख । पर्वतको जलजला गाउँपालिका २ मल्लाजमा निषेधाज्ञाका समयमा बिहे भोज गरेको आरोपमा दुईजना बेहुला पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला(२ माझफाँटमा बिहेको भोजको आयोजना गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिकाका २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार रहेका... पुरा पढ्नुहोस
म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
म्याग्दी २९ वैशाख । म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र कोरोनाको कारण मृत्यु भएकाहरुको तथ्यांक अनुसार जिल्लामा ३० जना पुरुष र १० जना महिलामा थप कोरोना संक्रमण... पुरा पढ्नुहोस
निषेधाज्ञामा विकास निर्माण जारी, राेकिएनन् पूर्वाधार निर्माणकाे काम
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
म्याग्दी २९ वैशाख । नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरेर बेनी... पुरा पढ्नुहोस