गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ सुरु

  • २९ कार्तिक २०७८, सोमबार
  • 847 पटक पढिएको

म्याग्दी २९ कात्तिक । गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ घोषणा गरिएको छ । सोमबार पोखरामा सम्पन्न बृहत विद्यार्थी भेलाबाट अखिलले उक्त अभियानको घोषणा गरेको हो । प्रदेशभित्रका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा विपत्तिमा साहारा र बिभेदमा बिद्रोहको नारा सहित म अनेरास्ववियुको अभियान प्रारम्भ भएको अनेरास्ववियु गण्डकी प्रदेश कमिटीका संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो ।

राजनीतिलाई सेवाभाब र विकृति विरुद्धको अभियानमा केन्द्रीत गर्न म अनेरास्ववियु अभियानलाई सार्थक बनाउने उहाँले बताउनुभयो । अनेरास्ववियु गण्डकी प्रदेशको आयोजनामा सोमबार भएको बृहत विद्यार्थी भेलालाई नेकपा एमाले स्थाइ कमिटी सदस्य तथा गण्डकी प्रदेश संयोजक किरण गुरुङ,केन्द्रिय सदस्य तथा विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, पुर्ब अध्यक्ष किशोर बिक्रम मल्ल ,अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलिप न्यौपाने लगायलतले सम्बोधन गर्नुभएको थियो ।
नागरिक र विद्यार्थीको गुनासोलाई मध्यनजर गर्दै ह्वाटस एप्स र भाइबर मा ९८४६५७०१५६ नम्बर एक्टिभ बनाइ अखिल हेल्पलाइन पनि प्रारम्भ गरिएको संयोजक पोडेलले जानकारी दिनुभयो ।