७८ बर्षका हजुरबुबा बाट ७ बर्षिया बालिका बलात्कृत

  • २८ कार्तिक २०७८, आईतवार
  • 857 पटक पढिएको

म्याग्दी २८ कात्तिक । म्याग्दीमा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


घटना बेनी नगरपालिकाभित्रकै हो । आफ्नै घरमा नै हजुरबुबाले नातिनिलाई जवरजस्ती करणी गरेको खवर आएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेर निजलाई पक्राउ गरि आबश्यक अनुसंधान र कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरिक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार, नियन्त्रणमा लिईएका व्यक्तिलाई जवरजस्ती करणी मुद्धा शिर्षकमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसंधान भैरहेको छ ।