हिदीमा ‘एक घर एक धारा’को सुविधा विस्तार (तस्बिर सहित)

  • २९ कार्तिक २०७८, सोमबार
  • 772 पटक पढिएको

म्याग्दी २९ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका बिच आयोजनाको उद्घाटन गरिउको छ ।
आयोजनाको सोमबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । यस योजना सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु ८६ लाख बजेटबाट खानेपानीको ट्यांकी र धारा निर्माण गरिएको छ । सहश्रधाराकुनामा रहेको मुलबाट ल्याइएको पानीलाई मुख्य र वितरण गरि ४ वटा ट्यांकीमा जम्मा गरि पाइपलाइन मार्फत वितरण गरिएको वडा सदस्य चन्द्रमान शेरपुञ्जाले जानकारी दिनुभयो ।


गाउँमा यस अघि चार वटा सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुँदै आएकोमा सबै घरमा निजि धारा जडान भएपछि स्थानीयबासी हर्षित भएका छन् । आयोजनाको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य थापा र गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले घरघरमा खानेपानीको सुविधाले स्थानीयबासीलाई शुद्ध खानेपानीको पहुँचसंगै समयको समेत बचत गराउन सहयोग पुग्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष धनबहादुर खाती, शिद्धशान्ति मावि व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर शेरपुञ्जा,उपभोक्ता समितिका अध्यक्ष तुलप्रसाद पुन लगायतले योजनाको दिगोपनका लागि स्थानीयबासीले योजनाको संरक्षण र उचित हेरचाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।