ताजा अपडेट
गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शय्याको आइसोलेशन निर्माण
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
थम्मन थापा बागलुङ २९ वैशाख । गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शय्याको अक्सिजनसहितको आइशोलेसन निर्माण गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणको स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरि अक्सिजन बनाइएको हो । जहाँ पाँच शैया मात्रै थियो । नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शय्याको आइशोलेसन... पुरा पढ्नुहोस
बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- २९ बैशाख २०७८, बुधबार
बागलुङ २९ वैशाख ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन... पुरा पढ्नुहोस
ओडारमा मृत अबस्थामा फेला परेका देविस्थानका धजेन्द्रको हत्या भएको रहस्य खुल्यो
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको रहस्य खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी... पुरा पढ्नुहोस
म्याग्दी जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीका सबै स्थानीय तहमा निषेधाज्ञा (लकडाउन) गरिएको छ । स्थानीय तहहरुको सिफारिसमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको निर्णयका समेतका आधारमा जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटै स्थानीय तहमा... पुरा पढ्नुहोस
बेनी बजारमा लोकपप गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ लाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । युटुब च्यानल मार्फत सार्वजनिक गरिएको बेनी बजारमा बोलको गीतमा मायाँ र प्रेमको कथालाई समेटिएको छ । गीतमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=mPCUFie5zhs... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा पनि निषेधाज्ञा
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो । https://www.youtube.com/watch?v=aOtuHiZJR_k... पुरा पढ्नुहोस
बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ बैशाख । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका ८ बस्ने ६० वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनीअस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालका अनुसार, कोरोना पोजेटिभ भएपछि होम आईशोलेसनमा बसेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै (भिडियो)
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि बेनी नगरपालिकाले समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस
देशभरका ५८ जिल्लामा पूर्ण, ११ जिल्लामा आंशिक निषेधाज्ञा
- 3 बर्ष, 9 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
काठमाणडाै २८ वैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा... पुरा पढ्नुहोस