ताजा अपडेट
महामारीमा विवाह भोज : जस्ले लियो एक सातामा एकै घरका चारको मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- २ जेष्ठ २०७८, आईतवार
नारायण रिजाल बागलुङ २ जेठ । कोरोना संक्रमणबाट बागलुङ जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा कोरोना संक्रमित भएका चारजनाको एक... पुरा पढ्नुहोस
युवा संघको स्थापना दिवसमा स्वास्थ्य सामाग्री सहयोग
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल रघुगंगा गाउँपालिका कमिटिका अध्यक्ष रमेश गुरुङले रु १० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । संघको ३१ औँ स्थापना दिवसको अवसरमा शनिवार गाउँपालिकाले पिप्लेमा सञ्चालन गरेको कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मि र कोरोना संक्रमित विरामीको सुविधाको लागि... पुरा पढ्नुहोस
रघुगंगामा स्वास्थ्य चौकीका कर्मचारीलाई कोभिड अस्पतालमा परिचालन
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचारको लागि वडा स्तरमा रहेका स्वास्थ्यकर्मीहरुलाई कोभिड अस्पतालतर्फ व्यवस्थापन गर्न थालेको छ । कोरोनाका संक्रमित बढेसंगै वडा नम्बर ३ पिप्लेमा रहेको कोभिड अस्पतालमा आबश्यक पर्ने स्वास्थ्यकर्मीहरु गाउँपालिकाभित्र रहेका अन्य स्वास्थ्य संस्थाबाट काजमा खटाउन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट थप ८१६७ संक्रमित थपिए ,१८७ जनाको मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
काठमाण्डौ १ जेठ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या... पुरा पढ्नुहोस
म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमण पुष्टि
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीमा शनिवार थप २३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयाे । शनिवार कोरोना पुष्टि भएकामा बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना, अन्नपूर्ण गाउँपालिकाका ७५ जना, धवलागिरी गाउापालिकाका १ जना र जलजला गाउँपालिकाका ३ जना... पुरा पढ्नुहोस
४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाको बिद्युत राष्ट्रिय प्रशारणमा जोडियो
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाको परिक्षण उत्पादन भएसंगै राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।कालीगण्डकी करिडोर प्रशारण आयोजना अन्तर्गत दानामा निर्माण भएको सबस्टेशन मार्फत आयोजनाबाट उत्पादित विद्युत केन्द्रिय प्रशारणमा जोडिएको... पुरा पढ्नुहोस
एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा म्याग्दीका छन्त्यालकाे उम्मेदवारी
- 3 बर्ष, 9 महिना अगाडि
- १ जेष्ठ २०७८, शनिबार
म्याग्दी १ जेठ । गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको उपाध्यक्ष पदमा म्याग्दीका अमर छन्त्यालले उम्मेदवारी दिएका छन् । विगत तीन दशकदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेका म्याग्दीको अति विकट धवलागिरी गाउँपालिका–१ गुर्जाका छन्त्यालले एनआरएनएको अभियानमा आफुँले देखेका केही सपना पुरा गर्न उम्मेदवारी दिएको बताउँदै अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई सहयोगको अनुरोध गरेका... पुरा पढ्नुहोस
म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमण, २३ जना निको भए
- 3 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७८, शुक्रबार
म्याग्दी ३१ वैशाख । म्याग्दीमा थप ५८ जनामा कोरोना संक्रमणको पुष्ठि भएको छ । पिसिआर परिक्षणबाट बेनी नगरपालिकाका ३४ जना, रघुगंगा गाउँपालिकाका ५ जना, मालिका गाउँपालिकाका ४ जना, अन्नपूर्ण गाउँपालिकाका १ जना तथा जलजला गाउँपालिका का का ४ जना गरी जम्मा ४८ जनामा कोारोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख... पुरा पढ्नुहोस
बागलुङमा विवाहभोज खाएकाएकै घरका तीनको कोरोना संक्रमणबाट मृत्यु
- 3 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७८, शुक्रबार
बैशाख ३१, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना संक्रमणदर उच्च, ८ सय बढी रिपोर्ट आउन बाँकी
- 3 बर्ष, 9 महिना अगाडि
- ३१ बैशाख २०७८, शुक्रबार
कमल खत्री म्याग्दी ३१ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर उच्च देखिएको छ । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण वैशाख महिनायता मात्रै देखिन थालेको हो । वैशाख महिनामा जिल्लाबाट नमुना संकलन गरि कोरोना परिक्षण गरिएको तथ्यांक अनुसार कोरोना परिक्षण गराएकाहरुमध्ये ७० प्रतिशतको हाराहारीमा संक्रमण देखिन थालेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको... पुरा पढ्नुहोस