उकालो यात्रामा ̒̒दोहोरीको राजा’

  • २९ कार्तिक २०७८, सोमबार
  • 1219 पटक पढिएको

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ ।


बाईसे-चौविसे राज्यको झ-झल्को मेट्ने गरी ढकालले गितमा दृष्य उतार्न सफल भएका छन् । उक्त गिती एल्वममा पर्वत राज्यका डिम्व बम राजादेखि चौविसे राज्यका राजकुमार समेत गितको भिडियोमा देख्न सकिन्छ । करिव गित सुरु हुनुभन्दा सात मिनेट अगाडीसम्म सम्वाद नीरन्तर चल्नु र दर्शक स्रोताले धैर्यताका साथ अवलोकन गर्नु यस गिती एल्वम्को सफलता मान्नुपर्छ । गित सार्वजनिक भएको दुईहप्ताको समयमा दश लाख भन्दा बढी दर्शकले गित हेरिसकेका छन् भने दिग्ज ब्यक्तित्वहरुबाट प्रशंसा गरि सामाजिक संजालमा पोष्ट गरेको देख्न सकिन्छ ।

Dohori Ko Raja | Pashupati Sharma | Laxmi Malla | Nakul Dhakal | Anjali & Lomash | New Lok Dohori – YouTube

गितर्सगै दृष्य निर्माण गर्दा आर्थिक भौतिक महत्वपुणर् पाटो रहेपनि निर्माण पक्षले कुनै कुरामा कर्मरमाईज गरेको भेटिदैन् । उक्त गितमा शब्द संयोजकसहित कथा परिकल्पना ढकालले गरेका हुन् भने संगित र एरेन्ज म्याग्दीकै हेमन्त कान्छा रसाईलीले गरेका हुन् ।

लक्ष्मी मल्ल, पशुपती शर्माले आवाज दिएको उक्त एल्वमलाई निशान घिमिरले निर्देशन गरेका थिए। कलाकार अन्जली अधिकारी, सुरविर पण्डित, लोमस शर्मा, ढकाल लगायत कलाकारहरुको अभिनय रहेको गित स्मिता स्नेह इन्टरटेन्मेन्ट युट्व च्यानलबाट सार्वजनिक गरिएको थियो ।