बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

  • २८ कार्तिक २०७८, आईतवार
  • 885 पटक पढिएको

म्याग्दी २८ कात्तिक । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराईएको हो ।

मंसिर ४ गते अन्तराष्ट्रिय बाल दिवसको अवसर पारि १८ बर्ष भन्दा कम उमेरका महिला तथा पुरुष दौड प्रतियोगीता आयोजना गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगीतामा प्रथम पुरस्कार नगद रु ८ हजार मेडल र प्रमाणपत्र, द्वितीय ५ हजार मेडल र प्रमाणपत्र, तृतीय ३ हजार मेडल र प्रमाणपत्र र सान्त्वना रु १ हजार मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले मंसिर ३ गते साँझ ५ बजे सम्म जिल्ला खेलकुद बिकास समितिको सचिवालयमा गई नाम दर्ता गर्नुपर्ने छ ।

कार्यक्रममा अध्यक्ष केसीले जिल्लामै पहिलो पल्ट यो दौड प्रतियोगीताको आयोजना गरिएको बताउनुभयो । प्रतियोगीतालाई सफल बनाउनका लागि आबश्यक साथ, सहयोगका लागि पनि सम्पुर्ण संघसंस्था तथा ब्यक्तिहरुलाई आब्हान समेत गर्नुभएको छ । जुनसुकै खेलजन्य गतिविधिले युवाहरुमा सकरात्मक सोचको बिकास गराउने भएकाले कुनै न कुनै खेलमा जोडिन पनि उहाँले युवाहरुलाई अनुरोध गर्नुभयो । खेलाडिहरुलाई खेल संग जोड्नका लागि जिल्ला खेलकुद बिकास समितिले बिभिन्न समयमा खेलकुद कार्यक्रमको आयोजना गर्ने योजना बनाएको उहाँले बताउनुभयो । ग्रामिण भेगमा रहेका खेलाडिहरु पहिचान गरि प्रोत्साहन गरिने पनि अध्यक्ष केसीले बताउनुभयो