स्वास्थ्य तथा यौन जानकारी
सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि भेटिए कोरोना संक्रमित
- 5 बर्ष, 10 महिना अगाडि
- ६ जेष्ठ २०७७, मंगलवार
काठमाडौं । सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ... पुरा पढ्नुहोस
थपिए ५३ जना कोरोना संक्रमित : ३५७ पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- ५ जेष्ठ २०७७, सोमबार
काठमाडौं, ५ जेठ । स्वास्थ्य मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । [caption id="attachment_44883" align="alignnone" width="350"] CoronavirusFAQOpener[/caption] योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।... पुरा पढ्नुहोस
थप ९ जनामा कोरोना पुष्टिसंगै नेपालमा संक्रमितको संख्या २५८
- 5 बर्ष, 10 महिना अगाडि
- २ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं, २ जेठ । थप ९ जनामा कोरोना भाइरसको संक्रमणसंगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा... पुरा पढ्नुहोस
नेपालमा कोरना संक्रमितको संख्या २४६ पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- १ जेष्ठ २०७७, बिहीबार
काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विहिबार पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टिसंगै सो संख्या पुगेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आजै काठमाडौं र... पुरा पढ्नुहोस
म्याग्दीमा थप २ जनामा डेङ्गु भेटियो
- 5 बर्ष, 10 महिना अगाडि
- २५ बैशाख २०७७, बिहीबार
बेनी, २५ वैशाख । कोरोनाको त्रासले जनजिवन प्रभावित भइरहेका बेला हिमाली जिल्ला म्याग्दीमा बुधबार एकै दिन २ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो ७ दिन यता जिल्लामा पाँच जना डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मंगलाघाट र मंगला गाउपालिका–१ भरजुलाका एक÷एक जनामा डेङ्गु पोजेटिभ भेटिएको बेनी... पुरा पढ्नुहोस
नेपालमा कोरना संक्रमित संख्या ९९ पुग्यो : एकैदिन थपिए १७ जना संक्रमित
- 5 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
म्याग्दी, २४ बैशाख । नेपालमा कोराना संक्रमितको संख्या ९९ पुगेको छ । बुधबार पर्सा (बीरगञ्ज) का १७ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुनामध्ये १७ वटा पोजेटिभ देखिएका छन् । २ महिने शिशुदेखि ६६ वर्ष... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा ३ जना डेंगु संक्रमित भेटिए
- 5 बर्ष, 10 महिना अगाडि
- २२ बैशाख २०७७, सोमबार
धिरन खत्री , म्याग्दी, २२ बैशाख। म्याग्दीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ। बेनी नगरपालिकामा तीन जना डेंगु संक्रमित भेटिएका छन् । बेनी अस्पतालमा बैशाख १८ गते नगरपालिका वडानम्वर ९ का ३० बषिय पुरुष, १९ गते बेनी नगरपालिका–६ छापाकी ५८ बर्षिय महिला र २१ गते आईतबार बेनी नगरपालिका– ५... पुरा पढ्नुहोस
पाण्डे मेडिकलहलद्धारा बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- २० बैशाख २०७७, शनिबार
म्याग्दी २० वैशाख । सदरमुकाम बेनीको न्यूरोडमा रहेको पाण्डे मेडिकल हलले बेनी नगरपालिकालाई रु १ लाख बढीको औषधी सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण सर्वसाधारण नागरिकमा अन्य विभिन्न रोगको औषधीको पहुँच पुग्न कठिनाई आइपरेको अबस्थामा मेडिकल हलले रु... पुरा पढ्नुहोस
लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी
- 6 बर्ष, 1 दिन अगाडि
- ९ चैत्र २०७६, आईतवार
धिरन खत्री म्याग्दी, ९ चैत । म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस
म्याग्दीमा ९ हजार जना भन्दा बढी बाललबालिकालाई दादुरा– रुबेला खोप लगाईने
- 6 बर्ष, 2 दिन अगाडि
- ८ चैत्र २०७६, शनिबार
म्याग्दी, ८ चैत । म्याग्दीमा नौँहजार भन्दा बढी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाईने छ । स्वास्थ्य कार्यालय म्याग्दीले दादुरा– रुबेला खोप अभियान अन्तरगत चैत १० गतेदेखि ३० गतेसम्म नौँ महिनादेखि ५ बर्षसम्मका जिल्लामा रहेका ९ हजार ३५२ जना बालबालिकाहरुलाई खोप लगाउने भएको हो । ५ बर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रोगबाट बचाउन... पुरा पढ्नुहोस